Nepal Life

आन्दोलनका नाममा विद्यालय बन्द गरेमा काठमाडौं महानगरपालिकाले कारबाही गर्ने

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Wed 15:08
आन्दोलनका नाममा विद्यालय बन्द गरेमा काठमाडौं महानगरपालिकाले कारबाही गर्ने
Sanima Reliance

काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षकहरुको आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएको छ ।महानगरका मेयर बालेन्द्र शाह (बालेन)का प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार शिक्षकहरुले आन्दोलन गरे पनि विद्यालय भने बन्द गर्न नमिल्दैन । विद्यालय बन्द गरेर आन्दोलन गरेमा महानगरले कारबाही गर्ने जनाएको छ । 

NIMB

महानगरले पछिल्लो पटक संशोधन गरेको शिक्षा नीतिमा विद्यालयलाई राजनीतिबाट मुक्त गरिने र शिक्षकलगायतले दलको सदस्य पनि हुन नमिल्ने व्यवस्था गरेको छ । शिक्षा ऐनमा पनि संशोधन गरिएको भन्दै महानगरले स्कुल बन्द गरेर आन्दोलन गर्न नमिल्ने जनाएको छ । यदि कसैले स्कुल बन्द गरेर आन्दोलन गरेमा सधैका लागि विद्यालय बन्द गराउने बाटो खोज्ने महानगरले चेतावनी दिएको छ । 

शिक्षकहरुले आन्दोलन गर्न पाउने, तर त्यसले विद्यालयको पठनपाठन बिग्रन नहुने र विद्यालय बन्द हुन नहुने महानगरको भनाइ छ । संसदमा दर्ता भएको शिक्षा विधेयकको बिरोधमा शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । बुधबार देशभरिका विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले काठमाडौं केन्द्रित आन्दोलन गरिरहँदा महानगरले आफू मातहतका शिक्षक विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिए कारबाहीको चेतावनी दिएको हो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया