Nepal Life

एशियन ब्याट्रीजले १३ लाख कित्ता आइपिओ निष्काशन गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Jul 19 07:09
एशियन ब्याट्रीजले १३ लाख कित्ता आइपिओ निष्काशन गर्ने
National Life

काठमाडौँ, २०८२ साउन ३। एशियन ब्याट्रिजले आइपिओ निष्काशन गर्ने भएको छ। हिमालयन क्यापिटल लिमिटेड र एसियन ब्याट्रीज लिमिटेडबीच सार्वजनिक शेयर निष्कासन (आईपीओ) व्यवस्थापनको लागि सम्झौता भएको छ। सम्झौताअनुसार, हिमालयन क्यापिटलले एसियन ब्याट्रीजको प्राथमिक शेयर निष्कासनको सम्पूर्ण प्रक्रिया व्यवस्थापन गर्नेछ।

Shikhar
NIMB

विकासोन्मुख ऊर्जा तथा औद्योगिक क्षेत्रमा नेतृत्वदायी घरेलु निर्माताको रूपमा स्थापित एसियन ब्याट्रीज लिमिटेडले आफ्नो चुक्ता पूँजीको २० प्रतिशत बराबरको सार्वजनिक शेयर निष्कासन गर्ने योजना बनाएको छ। कुल १३ लाख कित्ता शेयर जारी गरिनेछ जसको कुल मूल्य करिब १६ करोड रुपैयाँ हुनेछ।

विसं. २०७० मा स्थापना भई मोरङस्थित मुख्यालयबाट सञ्चालनमा रहेको एसियन ब्याट्रीजले सवारी साधन, इलेक्ट्रिक रिक्सा, स्कुटर, मोटरसाइकल तथा सोलार प्रणालीमा प्रयोग हुने लेड-एसिड ब्याट्रीहरू उत्पादन गर्दै आएको छ। कम्पनीले निकट भविष्यमा लिथियम ब्याट्री उत्पादन र ब्याट्री पुन: प्रयोग (रिसाइक्लिङ) को क्षेत्रमा पनि विस्तार गर्ने योजना बनाएको छ।

कम्पनीको ललितपुरमा केन्द्रीय कार्यालय रहेको छ भने देशभर विभिन्न शाखा कार्यालयहरू सञ्चालनमा छन्। "गुणस्तरीय, भरपर्दो तथा सुलभ मूल्यमा ऊर्जा समाधान प्रदान गर्दै नेपालको सबैभन्दा भरपर्दो पावर ब्रान्ड बन्ने" लक्ष्यसहित एसियन ब्याट्रीज अघि बढिरहेको जनाएको छ।

यस आईपीओ व्यवस्थापन सम्झौतासँगै, नेपाली पूँजी बजारमा एक अर्को उद्योग समूहले शेयर बजारमा आफ्नो उपस्थितिलाई बलियो बनाउने संकेत दिएको छ। हिमालयन क्यापिटल लिमिटेड, जो विभिन्न सार्वजनिक निष्कासन व्यवस्थापनमा अनुभवी संस्था हो, यस प्रक्रियालाई प्रभावकारी ढंगले अगाडि बढाउने विश्वास गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया