Nepal Life

राष्ट्र बैंक आज पनि ५० अर्ब निक्षेप संकलन गर्दै, तरलता व्यवस्थापनका लागि कदम

NMB Bank
  • BFIS News
  • 2025 Jul 20 12:31
राष्ट्र बैंक आज पनि ५० अर्ब निक्षेप संकलन गर्दै, तरलता व्यवस्थापनका लागि कदम
National Life

काठमाडौं, साउन ४।   बजारमा लगानीयोग्य रकम अत्यधिक भएपछि नेपाल राष्ट्र बैंकले आज (आईतवार) पुनः ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो पटक राष्ट्र बैंकले यस्तो कदम चाल्न लागेको हो।

 

Shikhar
NIMB

बढ्दो तरलता र घट्दो ब्याजदर व्यवस्थापन गर्न राष्ट्र बैंकले ‘बोलकबोल’ प्रक्रियामार्फत निक्षेप संकलन गर्न लागेको हो। हालसम्म देशभरको कुल निक्षेप ७२ खर्ब रुपैयाँ नाघिसकेको छ।

यस प्रक्रियामा केबल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाहरूले ब्याजदरको बोलकबोल गर्नेछन्, र सबैभन्दा न्यून ब्याजदर बोल गर्ने संस्थालाई प्राथमिकता दिइनेछ। वितरणक्रममा आह्वान गरिएको कुल रकमसम्म बाँडफाँट गरिनेछ।

राष्ट्र बैंकका अनुसार, निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याजको भुक्तानी मिति २०८२ भदौ १५ गते तोकिएको छ। न्यूनतम बोलकबोल रकम १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा भने ५ करोडको गुणाङ्कमा भाग जाँदा बाँकी नहुने गरी निर्धारण गरिनेछ।

खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार, दीर्घकालीन प्रकृतिको तरलता देखिएमा राष्ट्र बैंकले संरचनात्मक खुला बजार कारोबार अन्तर्गत अधिकतम ६ महिनाको अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्नसक्ने व्यवस्था छ। यही प्रावधानअनुसार राष्ट्र बैंकले आवश्यकताअनुसार पटकपटक यस्तो उपकरणको प्रयोग गर्दै आएको हो।

गत साता पनि राष्ट्र बैंकले यस्तै गरी ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो। चालु मौद्रिक नीति सार्वजनिक भएको एक हप्ता बितिसक्दा पनि बजारमा उल्लेख्य लगानी वृद्धि देखिएको छैन भने समग्र अर्थतन्त्र अझै शिथिल अवस्थामा रहेको मूल्यांकन गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया