Nepal Life

एनआईसी एशिया बैंक र ओम अस्पतालबीच सहकार्य, डिजिटल भुक्तानीमा १०% छुट

NMB Bank
  • BFIS News
  • 2025 Jul 20 12:55
एनआईसी एशिया बैंक र ओम अस्पतालबीच सहकार्य, डिजिटल भुक्तानीमा १०% छुट
National Life

काठमाडौं, साउन ४।   एनआईसी एशिया बैंकले ओम अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि. सँग सहकार्य गर्दै डिजिटल माध्यमबाट भुक्तानी गर्ने ग्राहकलाई उपचार सेवामा १० प्रतिशत छुट दिने सम्झौता गरेको छ।

Shikhar
NIMB

सम्झौतापत्रमा एनआईसी एशिया बैंकतर्फबाट बिमल लम्साल र ओम अस्पतालतर्फबाट यमबहादुर महतले हस्ताक्षर गरेका हुन्।

यस सहकार्य अन्तर्गत बैंकका ग्राहकहरूले डेबिट, क्रेडिट, प्रिपेड कार्ड वा MoBank एप प्रयोग गरी अस्पतालमा भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्नेछन्।

सहकार्यको उद्देश्य स्वास्थ्य क्षेत्रमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्नुका साथै ग्राहकलाई थप सेवा सुविधा प्रदान गर्नु रहेको बैंकले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया