सानिमा बैंकले ई-कम भिसा कार्डका लागि अनलाइन टप-अप सेवा सुरु गर्यो

  • BFIS News
  • 2025 Jul Sun 13:04
सानिमा बैंकले ई-कम भिसा कार्डका लागि अनलाइन टप-अप सेवा सुरु गर्यो

काठमाडौं, साउन ४।   सानिमा बैंकले आफ्ना ई-कम भिसा कार्ड प्रयोगकर्ताहरूका लागि अनलाइन टप-अप सेवा सुरु गरेको छ।

अब ग्राहकहरूले सजिलैसँग सानिमा यूएसडी ई-कम भिसा कार्डलाई कुनै पनि समय र कहींबाट सानिमा सजिलो ई-ब्यांकिङ एप वा बैंकको आधिकारिक वेबसाइट प्रयोग गरी टप-अप गर्न सक्नेछन्।

यस प्रक्रियामा दर्ता गरिएको मोबाइल नम्बर/इमेल, खाता नम्बर, र क्याप्चा प्रविष्ट गरेपछि ओटीपी प्रमाणिकरण गर्नुपर्नेछ, र त्यसपछि कार्ड तुरुन्तै टप-अप हुनेछ।

सानिमा बैंकले हालसम्म १३४ शाखा१२७ एटीएम सुदूर पश्चिमदेखि सुदूर पूर्वसम्मका सबै सात प्रदेशहरूमा सञ्चालन गर्दै आएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया