Nepal Life

रियलमीको फ्यान फेस्ट हुदैँ, निःशुल्क एन्ट्रिको व्यवस्था

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Thu 05:38
रियलमीको फ्यान फेस्ट हुदैँ, निःशुल्क  एन्ट्रिको व्यवस्था
Sanima Reliance

काठमाडौं । रियलमीले आफ्ना ग्राहकहरूका लागि यहि असोज ५ गते शुक्रबार ठमेल स्थित छाँया सेन्टरमा निःशुल्क फ्यान फेस्ट आयोजना गर्दैछ । यस फ्यान फेस्टमा रियलमीले आफ्ना नयाँ बजेट–फ्रेण्डली स्मार्टफोन मोडलहरू रियलमी ११ एक्स र रियलमी ११ ५जी बजारमा सार्वजनिक गर्दैछ ।

NIMB

भेक र यावेशको लाइभ प्रस्तुतिको साथै यस फ्यान फेस्टमा आकाश खड्काको पनि प्रस्तुति रहनेछ । फ्यान फेस्टमा भेकले आफ्ना चर्चित गीतहरू लै बरी लै, एक्लै जिउन सिके, अलपत्र, र अन्य धेरै गीतहरु प्रस्तुत गर्नेछन् । त्यस्तै यावेशले लाखौँ हजाराँै र आकाशले तिमी भएर लगायत आफ्ना अन्य गीतहरु मार्फत दर्शकलाई मनोरन्जन प्रदान गर्नेछन् । 

आफ्ना ग्राहकहरुलाई सर्वोत्कृष्ट स्मार्टफोन मात्र नभई सर्वोत्कृष्ट अनुभव पनि प्रदान गर्ने रियलमीको प्रतिवद्धतालाई यस फ्यान फेस्टले सार्थक रुप दिएको छ । सुवेच्छा खड्काले सन्चालन गर्ने यस फ्यान फेस्टमा एभरेष्ट क्रुको नृत्य पनि रहनेछ । साथै विभिन्न रमाईला गेमहरु पनि राखिएको यो फ्यान फेस्टमा सहभागिहरुले आकर्षक उपहारहरु पनि जित्न सक्नेछन् ।

रियलमी ११ एक्स र रियलमी ११ ५जीले स्मार्टफोनको ल्यान्डस्केपलाई आफ्ना उल्लेखनीय सुविधाहरू र आकर्षक डिजाइनको साथ पुनः परिभाषित गर्ने सम्भावना धेरै छ । रियलमी ११ एक्स र रियलमी ११ ५जीको कुरा गर्दा दुवै स्मार्टफोनमा मिडियाटेकको डाइमेंनसिटी ६१००+ को पावरफुल चिप्सेट, ६.७२ इन्चको १२० हर्ज रिफ्रेस रेट भएको अल्ट्रा स्मुद डिस्प्ले रहेको छ । क्यामराको कुरा गर्दा रियलमी ११ एक्समा ६४ मेगा पिक्सेलको मेन क्यामरा रहेको छ भने रियलमी ११ ५जीमा १०८ मेगा पिक्सेलको मेन क्यामरा रहेको छ । रियलमी ११ एक्समा ३३ वाटको फास्ट चार्जर र रियलमी ११ ५जीमा ६७ वाटको सुपरभोक चार्जर रहेको छ । यो कन्सर्ट सबैका लागि पूर्ण रूपमा निःशुल्क छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया