NIMB Header 2
Nepal Life

हिमालयन बैंकको एफपिओमा ४.४५ गुणा बढिको आवेदन, १७ लाख ८६ हजार आवेदक मध्ये ८ लाख ६१ हजारको हात रित्तै

National Life
  • BFIS News
  • 2025 Jul 20 20:39
हिमालयन बैंकको एफपिओमा ४.४५ गुणा बढिको आवेदन, १७ लाख ८६ हजार आवेदक मध्ये ८ लाख ६१ हजारको हात रित्तै
Sanima Reliance

काठमाडौं। हिमालयन बैंकको एफपिओमा ४.४५ गुणा बढिको आवेदन परेको छ। बैंकले असार ३२ गतेदेखि आजसम्म निष्काशन गरेको एफपिओमा १७ लाख ८६ हजार ७८२ जनाले ६ अर्ब ४३ करोडका लागि आवेदन दिएका छन्। यस सँगै अव बैंकको फपिओमा आवेदन दिने मध्ये ८ लाख ६१ हजारको हात खालि हुनेछ। बैंकको शेयर ९ लाख २५ हजार ४६ जनाले पाउने छन्। यस मध्ये भाग्यमानी ९ जनाले थप एक एक कित्ता सहित ११ कित्ता पाउने छन्। 

Shikhar
NIMB

बैंकले आधार मूल्य १०० रुपैयाँमा ५६ रुपैयाँ प्रिमियम थप गरि प्रति कित्ता १५६ रुपैयाँका दरले शेयर जारी गरेको थियो। दोस्रो बजारमा कायम बैंकको शेयर मूल्यको तुलनामा खासै फरक नदेखिएका कारण पहिलो दुई दिन बैंकको एफपिओमा धेरै आवेदन परेको थिएन। तर साउन पहिलो दिनमै शेयर बजारमा ठुलो सुधार भयो। यसले गर्दा लगानीकर्ता एफपिओमा हौसिएका थिए। 

बैंकले अहिले जारी गरेको शेयरबाट प्रति कित्ता ५७ रुपैयाँका दरले कुल ५२ करोड ७२ लाख रुपैयाँ प्रिमियम संकलन गर्नेछ। बैंकले यसबाट शेयरधनीलाई बोनस शेयर वितरण गर्न पाउछ। आजका दिनमा बैंकको चुक्ता पूँजी २१ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। बैंकले विगत ४ वर्षदेखि लाभांश वितरण गर्न पाएको छैन। यसले गर्दा बैंकको जगेडा कोषमा २२ अर्ब ८३ करोड रुपैयाँ जम्मा भइसकेको छ। बैंकको खराव कर्जा अझै पनि सुध्रिन बाँकी छ। आर्थिक अवस्थामा केहि सहजता सँगै खराव कर्जामा सुधार आउने वित्तीकै बैंकले शेयरधनीलाई बम्पर लाभांश दिन सक्ने छ। यसले गर्दा अवको केहि वर्षमै बैंकका शेयरधनीले बैंकबाट राम्रो लाभांश पाउन सक्ने छन्। यसले गर्दा पनि दीर्घकालिन सोचका साथ लगानी गर्नेका लागि बैंकको शेयर मूल्य एकदमै सस्तो हो।

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम, बैंकले आफ्नो कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकाले पनि बैंकले एफपिओ जारी गरेको हो। 

हालको अवस्थामा, बैंकको कुल चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ रहेको छ। यसमा ७२.९९ प्रतिशत संस्थापक समूहको हिस्सामा रहेको छ भने २७.०१ प्रतिशत हिस्सा सर्वसाधारणको कब्जामा रहेको छ। अब, सर्वसाधारणको हिस्सालाई ३० प्रतिशत पुर्याउन बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको एफपीओ जारी गर्दैछ। यसमा, प्रत्येक शेयरको अंकित मूल्य १०० रुपैयाँ रहेको छ भने ५७ रुपैयाँको प्रिमियम थपेर १५७ रुपैयाँको मूल्यमा ९२ लाख ५० हजार ४६९ कित्ता शेयर बिक्री हुनेछन्।

एफपीओ निष्काशनका लागि गराइएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई 'केयर एनपी ट्रिपल बी' इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले बैंकको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

एफपीओ निष्काशन र बिक्री प्रबन्धकको रुपमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्बा सदस्य बैंक र वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू मार्फत 'मेरो शेयर' सफ्टवेयरको प्रयोग गरेर सि-आस्बा प्रणालीमा आवेदन दिन सक्नेछन्। एफपीओ निष्काशन पछि, बैंकको चुक्ता पूँजी २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार ५३१ रुपैयाँ ९० पैसा पुग्ने छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया