Nepal Life

सिवाइसी नेपाल लघुवित्तको नयाँ ब्याजदर सार्वजनिक, गरिब दिनदुखीले विना धितो १४.७५ प्रतिशतमै कर्जा पाउने

NMB Bank
  • BFIS News
  • 2025 Jul 20 22:13
सिवाइसी नेपाल लघुवित्तको नयाँ ब्याजदर सार्वजनिक, गरिब दिनदुखीले विना धितो १४.७५ प्रतिशतमै कर्जा पाउने
National Life

काठमाडौं। सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले कर्जा तथा बचत खातामा लागु हुने नयाँ ब्याजदर सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकले “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरूका लागि जारी गरेको एकीकृत निर्देशन–२०८१ को निर्देशन नं. १४/०८१ को बुँदा २ र मिति २०८२/०३/२६ को परिपत्र अनुसार संस्थाले व्याजदर सार्वजनिक गरेको हो।

Shikhar
NIMB

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका लागि पनि आधार व्याजदर कायम गरे सँगै लघुवित्त वित्तीय संस्थाको व्याजदर राष्ट्र बैंकले निर्धारण गरेको अधिकतम दर भन्दा पनि कममा कर्जा दिन सक्ने भएको छ। सिवाइसी नेपालले नयाँ व्यवस्था अनुसार तयार पारेको आधार व्याजदर १२.९९ प्रतिशत रहेको छ।

यस सँगै अव सिवाइसी लघुवित्त वित्तीय संस्थाबाट विना धितो १४.७५ प्रतिशतमा कर्जा प्रवाह गर्ने अवस्था रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत डोलेन्द्र शर्माले जानकारी दिए। जवकी अधिकाम्स लघुवित्त वित्तीय संस्थाले यस्तो कर्जा १५ प्रतिशत भन्दा माथि प्रवाह गरिरहेका छन्। राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका लागि आधार व्याजदर लागु गरे सँगै धेरै जसो संस्थाहरुले विरोध जनाउदै आएका थिए।

कर्जामा लागु हुने ब्याजदर

संस्थाले विभिन्न प्रकारका कर्जामा परिवर्तनीय तथा स्थिर ब्याजदर लागू गरेको छ। सबै कर्जामा परिवर्तनीय ब्याजदर “आधार दर +  १.७६” कायम गरिएको छ भने स्थिर दर १५ प्रतिशत तोकिएको छ। धितोमा आधारित लघुउद्यम कर्जाका हकमा भने “आधार दर + १.७६%” कायम गरिएको छ। साविक आधार दरको औसत १२.९९% रहेको छ (२०८१ चैतदेखि २०८२ जेठ मसान्तसम्म)।

परिवर्तनीय कर्जामा प्रस्ताव पत्रमा उल्लेख गरिएको प्रिमियम स्थिर रहनेछ भने आधार दर परिवर्तन भए अनुसार त्रैमासिक रुपमा ब्याजदर समायोजन गरिनेछ। स्थिर ब्याजदरमा भने सम्पूर्ण कर्जा अवधिभर ब्याजदर यथावत् रहनेछ। मिति २०८२/०४/०१ भन्दा अगाडि प्रवाह भएका कर्जामा भने पहिलेकै ब्याजदर लागू हुनेछ।

विवरण अनुसार ब्याजदर यसप्रकार छन्:

कर्जा तर्फ लागु हुने ब्याजदर:

वचत खातामा लागु हुने ब्याजदर:

सिवाइसी नेपाल लघुवित्तले नयाँ ब्याजदर सार्वजनिक गर्दै आफ्नो कर्जा तथा वचत सेवामा पारदर्शिता र निष्पक्षता कायम राख्ने प्रतिबद्धता जनाएको छ। वित्तीय पहुँच अभिवृद्धि गर्ने उद्देश्यसहित संस्था ग्रामीण र दुर्गम क्षेत्रका ग्राहकहरूलाई लक्षित गर्दै व्यावसायिक तथा सामाजिक उत्तरदायित्वमा आधारित सेवा प्रवाहमा क्रियाशील रहेको जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया