NIMB Header 2
Nepal Life

शेयर बजारमा 'इन्ट्रा डे' करेक्सन, नाफा बुक सँगै नयाँ शेयर थप्दै, सबै सेक्टर एकै पटक चल्दा लगानीकर्तालाई हैरान

Muktinath Bank
  • BFIS News
  • 2025 Jul 23 15:11
शेयर बजारमा 'इन्ट्रा डे' करेक्सन, नाफा बुक सँगै नयाँ शेयर थप्दै, सबै सेक्टर एकै पटक चल्दा लगानीकर्तालाई हैरान
Everest Bank

काठमाडौं। शेयर बजारमा 'इन्ट्र डे करेक्सन' देखिएको छ। मंगलबार नेप्से सूचक ८१ अंकले सुधारएकोमा आज करेक्सन आउने प्रक्षेपण गरिएको छ। बजारमा करेक्सन त भयो तर इन्ट्रा डे भित्रै भयो। आज विशेष गरी बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, होटलमा करेक्सन भयो। करेक्सन मात्रै भएन जसले अवसर खोजिरहेका थिए स्थिर मूल्यमा उठाउने अवसर पनि पाए। ,

Shikhar
NIMB

हिजोका दिनमा अधिकाम्स कम्पनीमा सकारात्मक सर्किट लाग्दै आएकोमा आज करेक्सन हुँदा पनि ४/५ प्रतिशत भन्दा माथिको गिरावट देखिएको छैन। दिनभरको तिव्र उतारचढाव पछि अन्तिम समयमा नेप्से सूचक ९.६१ अंक सुधार भएको छ। आजको करेक्सन मोडमा पनि सुधार देखिनुले बजारले अझै ठुलो गति लिने विश्लेषकहरु बताउछन्। बजार आजका दिनमा २९८३ अंक कायम हुँदै गर्दा गएको वर्ष तीन हजार अंक हुँदाको अवस्थामा कायम शेयर मूल्य अहिले पनि हुन सकेको छैन। 

यस अवधिमा बजारमा नयाँ कम्पनी, हकप्रद र बोनस शेयर थपिएको छ। यसले गर्दा गएको वर्षको अवधिमा कायम शेयर मूल्य पुग्न पनि बजार ३२ सय अंक क्रस गर्नु पर्ने विश्लेषकहरु बताउछन्। यद्यपी केहि कम्पनी जसको शेयर मूल्यले अलटाइम हाइको ब्रेक आउट गरेका छन्। 

आज १५२ वटा कम्पनीको शेयर मूल्यमा करेक्सन आउदै गर्दा ९८ वटाको शेयर मूल्यमा सुधार देखिएको छ। ट्रेड टावर, सान्भी इनर्जीको शेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ। 

बजारमा सबैभन्दा धेरै नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले साथ दिएको छ। गभर्नर डा. विश्व पौडेलको लचक नीतिको परिणाम स्वरुप शेयर बजारले नयाँ गति लिइरहेको बजार विश्लेषक तारा फुल्लेल बताउछन्। यो समय हर्ष बढाइ गर्ने भन्दा पनि आफ्नो लगानीलाई उपयुक्त रुपमा व्यवस्थापन गर्ने समय रहेको उनले बताएका छन्। 

विगतको केहि समयदेखि शेयर बजारमा सेक्टरल बुल आउने गरेको थियो। तर यस पटक केहि समय जलविद्युत क्षेत्रमा सुधार देखिए पनि सबै सेक्टरमा सुधार आउन सकेन। त्यसैले अहिले सबै सेक्टरमा एकै पटक सुधार देखिएको छ। यसले गर्दा एउटा सेक्टरबाट अर्को सेक्टरमा सिफ्ट गर्ने भन्दा पनि लगानी व्यवस्थापनका लागि अन्य उपायहरु अपनाउने पर्ने अवस्था आएको एक बजार विश्लेषकले बताए। 

बजार बुलिस भएको हुँदा डराउनु पर्ने त छैन तर सबै कम्पनीको शेयर मूल्यमा सुधार आएको हुँदा राम्रो कम्पनीमा सिफ्ट गरेर लगानी व्यवस्थापन गर्न सकिने उनको विश्लेषण छ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया