Nepal Life

सिद्धार्थ बैंकले "SBL डिबेञ्चर २०९१" को बाँडफाँड साउन ७ गते सम्पन्न गर्‍यो

NMB Bank
  • BFIS News
  • 2025 Jul 24 11:25
सिद्धार्थ बैंकले "SBL डिबेञ्चर २०९१" को बाँडफाँड साउन ७ गते सम्पन्न गर्‍यो
National Life

काठमाडौं, साउन ८ गते। सिद्धार्थ बैंक लिमिटेडले "SBL डिबेञ्चर २०९१" सार्वजनिक निष्काशनको बाँडफाँड साउन ७ गते सम्पन्न गरेको छ। बैंकले यो डिबेञ्चरको निष्काशन असार २९ गतेदेखि सुरु गरी असार ३२ गतेसम्म खुला राखेको थियो।

Shikhar
NIMB

बैंकले कुल २५ लाख इकाई डिबेञ्चर निष्काशन गरेकोमा प्रत्येक इकाईको अंकित मूल्य १ हजार रुपैयाँ रहेको थियो। यसमध्ये ६० प्रतिशत अर्थात १५ लाख इकाई डिबेञ्चर निजी रूपमा निष्काशन गरिएको हो भने बाँकी १० लाख इकाई अर्थात १ अर्ब रुपैयाँ बराबरको डिबेञ्चर सर्वसाधारणका लागि खुला गरिएको थियो। सर्वसाधारणका लागि खुला गरिएको डिबेञ्चरमध्ये ५ प्रतिशत अर्थात ५० हजार इकाई म्युचुअल फण्डहरूका लागि छुट्याइएको थियो।

यो निष्काशनमार्फत बैंकले कुल २ अर्ब ५० करोड रुपैयाँ संकलन गरेको छ। "७.२५% SBL डिबेञ्चर २०९१" नामको यो डिबेञ्चरको परिपक्वता अवधि १० वर्ष रहेको छ र यसले वार्षिक ७.२५ प्रतिशत कुपन दरमा ब्याज प्रदान गर्नेछ। यस डिबेञ्चर निष्काशनको व्यवस्थापन एनएमबी क्यापिटल लिमिटेडले गरेको थियो। सिद्धार्थ बैंकको यस डिबेञ्चरमा वैध आवेदन दिने सबै आवेदकलाई बाँडफाँड गरिएको जानकारी दिइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया