NIMB Header 2
Nepal Life

शाइन रेसुंगा विकास बैंकको डिबेञ्चर ५.९५ गुणा ओभरसब्सक्राइब, बाँडफाँट सफलतापूर्वक सम्पन्न

National Life
  • BFIS News
  • 2025 Jul 25 12:55
शाइन रेसुंगा विकास बैंकको डिबेञ्चर ५.९५ गुणा ओभरसब्सक्राइब, बाँडफाँट सफलतापूर्वक सम्पन्न
Sanima Reliance

काठमाडौं, साउन ९।  शाइन रेसुंगा विकास बैंक लिमिटेडले निष्काशन गरेको “८% शाइन रेसुंगा विकास बैंक डिबेञ्चर २०९२” को बाँडफाँट सफलतापूर्वक सम्पन्न भएको छ।

Shikhar
NIMB

निष्काशन तथा बाँडफाँटको प्रक्रिया एनआईएमबी एस क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न भएको हो।

कुल १ अर्ब रुपैयाँ बराबरको यो डिबेञ्चरमा १० लाख कित्ता समावेश गरिएको थियो, जसको प्रतिकित्ता मूल्य १,००० रुपैयाँ रहेको छ। तीमध्ये ६० प्रतिशत अर्थात् ६ लाख कित्ता निजी स्थानमा (Private Placement) र ४० प्रतिशत अर्थात् ४ लाख कित्ता सर्वसाधारणका लागि खुला गरिएको थियो।

साउन ४ गते (२०७९/०४/०४) सम्म खुला रहेको यो डिबेञ्चर सार्वजनिक निष्काशनमा अत्यधिक लगानीकर्ताको सहभागिता रह्यो। सार्वजनिक निष्काशनमा माग ५.९५ गुणाले बढी भएको बैंकले जनाएको छ। यो उत्साहजनक सहभागिताले आम लगानीकर्ताको बैंकप्रति विश्वास र नेपालको पूँजी बजारप्रति बढ्दो चासो झल्काएको बैंकको भनाइ छ।

बाँडफाँटपछि सफल आवेदकहरूको डिम्याट खातामा डिबेञ्चर कित्ता चाँडै नै जम्मा गरिनेछ।

बैंकले सम्पूर्ण लगानीकर्ताहरूलाई धन्यवाद ज्ञापन गर्दै निष्काशन व्यवस्थापनमा पाएको सहयोगका लागि एनआईएमबी एस क्यापिटल लिमिटेडप्रति आभार प्रकट गरेको छ। डिबेञ्चर निष्काशनबाट प्राप्त पूँजीले बैंकको पुँजी आधार थप मजबुत बनाउने र देशव्यापी भरपर्दो तथा नविन वित्तीय सेवा प्रदान गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया