NIMB Header 2
Nepal Life

हिमालयन बैंकको एफपीओ साउन १३ गते बाँडफाँड हुने, १७ लाख ८६ हजार मध्ये ९ लाखले मात्रै शेयर पाउने

Muktinath Bank
  • BFIS News
  • 2025 Jul 25 18:53
हिमालयन बैंकको एफपीओ साउन १३ गते बाँडफाँड हुने, १७ लाख ८६ हजार मध्ये ९ लाखले मात्रै शेयर पाउने
Everest Bank

काठमाडौं। हिमालयन बैंक लिमिटेडले निष्काशन गरेको प्राथमिक सार्वजनिक प्रस्ताव (एफपीओ) आगामी मङ्गलबार, साउन १३ गते बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेडका अनुसार आवश्यक प्रि-अलोटमेन्ट प्रक्रिया साउन ११ गते सम्पन्न भएसँगै बाँडफाँडको मिति साउन १३ गते तय गरिएको हो।

Shikhar
NIMB

हालको नियमन अनुसार प्रि-अलोटमेन्टपछि कम्तीमा दुई दिनको अन्तराल हुनुपर्ने भएकाले साउन १३ गते बाँडफाँड गर्न लागिएको हो।

बैंकले असार ३२ गतेदेखि साउन ४ गतेसम्म निष्काशन गरेको ९२ लाख ५० हजार ४ सय ६९ कित्ता एफपीओका लागि करिब १७ लाख ८६ हजार ७८२ जनाले आवेदन दिएका थिए। मागभन्दा ४.४५ गुणा बढी आवेदन परेकोले सेयर बाँडफाँड गोलाप्रथामार्फत गरिनेछ। बाँडफाँडमा ९ लाख २५ हजार ४६ जना आवेदकले मात्र सेयर प्राप्त गर्नेछन्। तीमध्ये ९ जना भाग्यमानीले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर प्राप्त गर्नेछन्। यस बाँडफाँडपछि करिब ८ लाख ६१ हजार आवेदकको हात खाली रहनेछ।

एफपीओका लागि बैंकले आधार मूल्य १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता १५७ रुपैयाँमा शेयर निष्काशन गरेको हो। दोस्रो बजारमा बैंकको शेयर मूल्यसँग तुलनात्मक रुपमा खासै फरक नदेखिएकोले एफपीओको सुरुवाती दिनहरूमा आवेदन अपेक्षाकृत कम परेको थियो। तर साउन पहिलो साता शेयर बजारमा सुधार आएपछि लगानीकर्ता उत्साहित बनेका थिए।

बैंकले हाल जारी एफपीओबाट प्रति कित्ता ५७ रुपैयाँका दरले करिब ५२ करोड ७२ लाख रुपैयाँ प्रिमियम संकलन गर्नेछ। यसले आगामी दिनमा शेयरधनीहरूलाई बोनस सेयर वितरण गर्ने आधार तयार पार्ने विश्वास गरिएको छ।

हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। विगत चार वर्षदेखि लाभांश वितरण गर्न नसकेको बैंकको जगेडा कोष भने २२ अर्ब ८३ करोड रुपैयाँसम्म पुगेको छ। यद्यपि बैंकको खराब कर्जा अझै पनि उच्च देखिएको छ। आर्थिक अवस्था सहज हुँदै गएर खराब कर्जा सुधारिएमा बैंकले आगामी वर्षहरूमा बम्पर लाभांश वितरण गर्ने सम्भावना रहेको विश्लेषण गरिएको छ। यसैकारण दीर्घकालीन लगानीकर्ताका लागि बैंकको सेयर आकर्षक रहेको विज्ञहरूको भनाइ छ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनुपर्ने प्रावधानअनुसार बैंकले एफपीओ निष्काशन गरेको हो।

हाल बैंकको कुल चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ रहेको छ। यसमा संस्थापक समूहको हिस्सा ७२.९९ प्रतिशत र सर्वसाधारणको हिस्सा २७.०१ प्रतिशत छ। एफपीओपछि सर्वसाधारणको स्वामित्व ३० प्रतिशत पुग्नेछ। यस प्रयोजनका लागि बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको एफपीओ निष्काशन गरेको हो।

एफपीओ निष्काशनका लागि केयर रेटिङ नेपालले बैंकलाई ‘केयर एनपी ट्रिपल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले बैंकको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

एफपीओको निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। एफपीओ निष्काशनपछि बैंकको चुक्ता पूँजी २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार ५३१ रुपैयाँ ९० पैसा पुग्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया