Nepal Life

राजेन्द्र खेतानको कम व्याक रणनीति, लक्ष्मी सनराइज बैंकको १ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको सेयर खरिद

NMB Bank
  • BFIS News
  • 2025 Jul 26 06:13
राजेन्द्र खेतानको कम व्याक रणनीति, लक्ष्मी सनराइज बैंकको १ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको सेयर खरिद
National Life

काठमाडौं। प्रमुख उद्योगपति तथा लक्ष्मी सनराइज बैंकका प्रमुख लगानीकर्ता राजेन्द्र खेतानले बैंकमा आफ्नो स्वामित्व थप बलियो बनाएका छन्। गोयल तथा गुरागाईं परिवारका सदस्यहरूको संस्थापक सेयर खरिद गर्दै उनले बैंकमा थप लगानी गरेका हुन्।

Shikhar
NIMB

विश्वसनीय श्रोतका अनुसार, यस कारोबारपछि खेतान नेतृत्वको व्यावसायिक समूहले बैंकको झण्डै ७.५ प्रतिशत स्वामित्व हुनेछ। “प्रति सेयर १०० रुपैयाँको दरमा सेयर खरिद गरिएको छ, जुन हाल संस्थापक सेयरको बजार मूल्यभन्दा माथि हो,” स्रोतले जनाएको छ।

असार मसान्तअघि नै पूरा गरिएको उक्त खरिद कारोबारको मूल्य १ अर्ब २६ करोड रुपैयाँभन्दा बढी रहेको छ। यसले खेतानलाई अघिल्लो आर्थिक वर्षको नाफाबाट वितरण गरिने लाभांश प्राप्त गर्ने अधिकारसमेत सुनिश्चित गरेको छ।

यसअघि राजेन्द्र खेतानको नाममा २.३५ प्रतिशत (५४,५५,९४५ कित्ता) सेयर थियो। उनकी पत्नी सारिका खेतानसँग ४.१७ प्रतिशत (९६,६९,२९८ कित्ता) र छोरी स्नेहा खेतानसँग ३.९१ प्रतिशत (९०,५६,९०४ कित्ता) सेयर थियो। नयाँ खरिदसँगै खेतान परिवारको संयुक्त स्वामित्व झनै बलियो बनेको छ।

प्राप्त जानकारी अनुसार, खरिद गरिएका सेयरहरू कैलाशचन्द्र गोयल तथा भोगेन्द्रकुमार गुरागाईं परिवारबाट गरिएको हो। यद्यपि संस्थापक सेयरको बजार मूल्य १०० रुपैयाँभन्दा कम छ, खेतानले अघिल्लो वर्षको पूर्ण लाभांश पाउने शर्तमा प्रिमियम मूल्यमा सेयर किनेका हुन्। 

यसैबीच, हाउस अफ राजले नेपालको फिनटेक क्षेत्रमा पनि आफ्नो उपस्थिति विस्तार गर्दैछ। समूहले डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी फोनपे नेपालको २० प्रतिशत सेयर किन्न सम्झौता गरिसकेको छ। १ अर्ब ४० करोड रुपैयाँको यो सेयर खरिद सम्झौता नेपाल राष्ट्र बैंकमा स्वीकृतिको लागि पेश गरिएको छ।

लक्ष्मी सनराइज बैंकमा स्वामित्व विस्तार र फिनटेक क्षेत्रमा प्रवेशको यो दोहोरो लगानी रणनीतिले राजेन्द्र खेतानले परम्परागत बैंकिङ प्रणालीलाई डिजिटल वित्तीय प्रविधिसँग जोड्ने दिशामा सशक्त कदम चालेका संकेत दिएको छ। उनको यस कदम सँगै केहि समय अगाडी लक्ष्मी सनराइज बैंकले एभरेष्ट बैंक सँग मर्जर गर्न थालेको समेत भनेर चर्चा भएको थियो। बाहिर चर्चा भए पनि बैंक भित्र भने मर्जरको कुनै छलफल समेत नभएको बैंकका एक पदाधिकारीले जानकारी दिए। 

पछिल्ला केहि वर्षमा यस समुहले आफ्ना स्वामित्वका कम्पनी बिक्री गर्दै सिङ्गापुरमा पार्किङ गरिरहेको भन्दै आलोचना भइरहदा उनले एक पछि अर्को गर्दै  नेपालमा लगानी भित्र्याउनुले उनि पुरानै शैलीमा फर्किन खोजेको देखिएको छ। नेपालमा १७० वर्ष भन्दा लामो व्यावसायिक विरासत बोकेको खेनान समुहले धेरै असफल व्यवसायमा पनि हात हाल्यो। 

मायोज चाउचाउ त अझ निकै चर्चित थियो। त्यसलाई समेत खेतान समूहले टिकाउन सकेन। नेपालमा कुनै समय खेतान समूहको जगजगी नै थियो। उत्पादनदेखि बैंक वित्त र इन्स्योरेन्समात्रै होइन नेपालको पहिलो निजी वायुसेवा कम्पनी खोल्नेसम्मको काम खेतान समूहले गरेको थियो। 

खेतान समूहको जग बसाल्नमा राजेन्द्र खेतानका हजुरबुबाका बुबा किशुनराम खेतानलाई जस जान्छ। उनै किशुनराम नेपाली व्यवसायमा खेतानको पहिलो पुस्ता हुन्। अहिले यस समुहको चौथो पुस्ताले व्यवसाय गरिरहेको छ। राजेन्द्र खेतानले भाइ सीपी खेतानले सिंगापुरमा लगानी गर्दै आइरहेका छन्। उनले भाइ सँग मिलेर नेपालको लगानी सिंगापुर सिफ्ट गरिरहेको आरोप लाग्दै आएको छ। उनको यि दुई लगानीबाट उनि केहि आक्रामक देखिएका छन्।  

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया