NIMB Header 2
Nepal Life

राप्ती हाइड्रोले ७ लाखभन्दा बढी नबिकेका हकप्रद शेयर लिलामीमा ल्याउँदै

National Life
  • BFIS News
  • 2025 Jul 28 12:34
राप्ती हाइड्रोले ७ लाखभन्दा बढी नबिकेका हकप्रद शेयर लिलामीमा ल्याउँदै
Sanima Reliance

काठमाडौं।  राप्ती हाइड्रो एन्ड जेनेरल कन्स्ट्रक्सन लिमिटेड (RHGCL) ले आफ्ना ७,०४,१११ इकाई नबिकेका हकप्रद शेयर लिलामीमार्फत बिक्री गर्न लागेको छ।

Shikhar
NIMB

लिलामी साउन १३ गतेदेखि साउन २० गतेसम्म सञ्चालन हुनेछ।

कम्पनीले अघिल्लो १ः१ अनुपातको हकप्रद शेयर निष्कासन गर्दा कुल ६१,२७,९३८ इकाई शेयरमध्ये ५४,२३,८२७ इकाई (८८.५१%) मात्र योग्य शेयरधनीहरूले आवेदन दिएर प्राप्त गरेका थिए। बाँकी ११.४९% अर्थात् ७,०४,१११ इकाई शेयर दावी नभई बाँकी रहेकाले अब लिलामी प्रक्रियाबाट बिक्री गरिन लागिएको हो।

हकप्रद शेयर अषाढ १ गतेदेखि अषाढ २२ गतेसम्म बिक्री खुला गरिएको थियो। उक्त अवधीमा योग्य शेयरधनीहरूले माग नगरेका शेयर अब सर्वसाधारण व्यक्ति तथा संस्थागत लगानीकर्ताहरूले लिलामीमा खरिद गर्न सक्नेछन्।

यस लिलामीको निष्कासन तथा बिक्री व्यवस्थापकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले लिएको छ।

लिलामीका प्रमुख सर्तहरू यसप्रकार छन्:

  • न्यूनतम बोलकबोल दर: रु. १००

  • न्यूनतम आवेदन संख्या: १०० इकाई

  • इच्छुक बोलकबोलकर्ताले पूरा लिलामी इकाईमा पनि आवेदन दिन सक्नेछन्, तर धितोपत्र बोर्डको तोकिएको सीमाभन्दा बढी शेयर लिन नपाइनेछ।

लिलामीमा भाग लिन इच्छुक लगानीकर्ताहरूले तोकिएको मिति र नियमअनुसार आवेदन दिनुपर्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया