NIMB Header 2
Nepal Life

सागर डिष्टिलरीले पायो आइपिओ निष्कासनको अनुमति, १४ लाख ५२ हजार कित्ता मात्रै जारी गर्ने

Citizen Life
  • BFIS News
  • 2025 Jul 28 20:32
सागर डिष्टिलरीले पायो आइपिओ निष्कासनको अनुमति, १४ लाख ५२ हजार कित्ता मात्रै जारी गर्ने
Muktinath Bank

काठमाडौं, साउन १२ ।सागर डिष्टिलरी लिमिटेडले आफ्नो प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) का लागि धितोपत्र बोर्ड नेपाल (SEBON) बाट स्वीकृति पाएको छ। बोर्डले २०८२ साउन १२ गते कम्पनीलाई विवरणपत्र प्रकाशन गर्न स्वीकृति प्रदान गरेको हो।

NIMB

कम्पनीले कुल १४,५२,००० कित्ता साधारण सेयर (IPO) निष्काशन गर्न लागेको हो, जसको मूल्य प्रति कित्ता रू. १०० निर्धारण गरिएको छ। यस निष्काशनको बिक्री तथा प्रबन्ध व्यवस्थापन मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ।

सागर डिष्टिलरी लिमिटेड सन् २०१४ (वि.सं. २०६९) मा स्थापना भएको एक मदिरा उत्पादक कम्पनी हो। कम्पनीले नेपाली बजारमा Royal Blue, Grey Wolf, Berries & Blues तथा Nepse Bulls जस्ता ब्रान्डमार्फत व्हिस्की, वोड्का र जिन उत्पादन गर्दै आइरहेको छ। यस्ता उत्पादनहरू “मास मार्केट” र “अल्ट्रा-प्रिमियम” दुबै श्रेणीमा बिक्री वितरण हुँदै आएको छ।

कम्पनीको उत्पादन इकाई नवलपरासीको देवचुलीमा अवस्थित छ, जहाँ २०० भन्दा बढी कर्मचारी कार्यरत छन्। ग्लेसियर पानीको प्रयोग तथा विदेशी ब्लेन्डिङ विशेषज्ञको सहयोगमा उत्पादन हुने स्पिरिटले बजारमा आफ्नै विशेष स्थान बनाइसकेको कम्पनीको दाबी छ।

वित्तीय विवरण र चुनौतीहरू

सागर डिष्टिलरीको पछिल्लो तीन वर्षको सञ्चालन आम्दानी क्रमशः ६ करोड ६ लाख, ९ करोड ४ लाख र १७ करोड ६६ लाख रुपैयाँ रहेको छ। EBITDA मार्जिन प्रारम्भमा नकारात्मक रहे पनि पछिल्लो समय लगभग १५.७ प्रतिशत पुगेको छ। तर, ब्याज खर्च उच्च भएका कारण कम्पनीको PAT मार्जिन अझै करिब १६ प्रतिशतमै रहेको छ।

कम्पनीको गियरिङ अनुपात भने सुधार हुँदै २.१८ बाट घटेर ०.२६ मा झरेको देखिएको छ, तर Interest Coverage Ratio अझै पनि न्यून (०.६) रहेको छ। कार्यशील पूँजी चक्र (Working Capital Cycle) निकै लामो रहेको छ, FY24 मा कुल चक्र करिब २१७ दिनको रहेको कम्पनीले जनाएको छ। क्रेडिट लागत तथा कच्चा पदार्थको मूल्यमा हुने उतारचढाव कम्पनीका लागि प्रमुख चुनौतीहरू हुन्।

सार्वजनिकरणको प्रक्रिया

कम्पनीको अधिकृत पूँजी ७२ करोड ६० लाख रुपैयाँ रहेको छ। अधिकृत पूँजीको २० प्रतिशत अर्थात १४ करोड ५२ लाख रुपैयाँ बराबरको आइपिओ सर्वसाधारणका लागि जारी गर्ने भएको हो। कम्पनीले आइपिओ निष्काशन तथा बिक्री प्रवन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटलालाई दिएको छ। कम्पनीले आइपिओ निष्काशनकै लागि सन् २०२३ मा पब्लिक लिमिटेड कम्पनी बनाएको छ

आईपीओबाट प्राप्त हुने पूँजी कम्पनीको वित्तीय मजबुतीमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। आगामी दिनमा सागर डिष्टिलरी नेपालको प्रतिस्पर्धी मदिरा उद्योगमा थप सशक्त उपस्थितिका लागि अघि बढ्ने संकेत देखिएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया