Nepal Life

हिमालयन बैंकको एफपीओ बाँडफाँड, ९ लाख २५ हजारले पाए १० कित्ता, तपाईलाई पर्यो यसरी हेर्नुहोस् नतिजा

NMB Bank
  • BFIS News
  • 2025 Jul 29 11:46
हिमालयन बैंकको एफपीओ बाँडफाँड, ९ लाख २५ हजारले पाए १० कित्ता, तपाईलाई पर्यो यसरी हेर्नुहोस् नतिजा
National Life

काठमाडौं, साउन १३ – हिमालयन बैंक लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (एफपीओ) आज मंगलबार बाँडफाँड गरिएको छ। कमलादीस्थित बैंकको कर्पोरेट कार्यालयमा बिहान आयोजित कार्यक्रममार्फत एफपीओ बाँडफाँड गरिएको हो।

Shikhar
NIMB

बैंकले प्रतिकित्ता १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरी १५७ रुपैयाँमा एफपीओ निष्काशन गरेको थियो। असार ३१ गतेदेखि साउन ४ गतेसम्म सार्वजनिक निष्काशन खुला गरिएको उक्त एफपीओमार्फत कुल ९२ लाख ५० हजार ४६९ कित्ता शेयर जारी गरिएको थियो।

एफपीओमा कुल १८ लाख २५ हजार ९२२ जना लगानीकर्ताले ३ करोड ८५ लाख ९१ हजार १६० कित्ता शेयरका लागि आवेदन दिएका थिए। तीमध्ये १७ लाख ४ हजार २७३ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द गरिएको छ।

मागभन्दा बढी आवेदन परेको हुनाले बाँडफाँड गोलाप्रथामार्फत गरिएको हो। सो प्रक्रिया अनुसार कुल ९ लाख २५ हजार ४६ जना लगानीकर्ताले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

त्यस्तै, बाँकी रहेको ९ कित्ता शेयर २० कित्ताका लागि आवेदन दिने लगानीकर्तामध्येबाट ९ जनालाई थप १ कित्ता अर्थात् ११ कित्ताका दरले बाँडफाँड गरिएको छ।

यसरी एफपीओ बाँडफाँड प्रक्रियाबाट धेरै लगानीकर्ताले न्यूनतम शेयर प्राप्त गरेका छन् भने अत्यधिक मागले गर्दा थोरै मात्रामा शेयर बाँडफाँड गरिएको हो। शेयर परे नपरेको नतिजा सिडिएससीले तयार पारेको अनलाइन एप्लिकेसनबाट हेर्न सकिन्छ। 

नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया