NIMB Header 2
Nepal Life

हाइड्रोपावर कम्पनीमा सर्वसाधारण र संस्थापक शेयर छुट्याउने सिडिएससीको तयारीमाथि इप्पानको आपत्ती

Citizen Life
  • BFIS News
  • 2025 Jul 29 20:46
हाइड्रोपावर कम्पनीमा सर्वसाधारण र संस्थापक शेयर छुट्याउने सिडिएससीको तयारीमाथि इप्पानको आपत्ती
Muktinath Bank

काठमाडौं, साउन १३ — स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) को पछिल्लो निर्णयप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। सिडिएससीले शेयर सूचीकरणको प्रक्रियामा रहेका कम्पनीहरुको संस्थापक समूहको शेयर अभौतिकरण प्रक्रिया लम्ब्याउँदै संस्थापक र सर्वसाधारण समूहका शेयरलाई छुट्टाछुट्टै International Securities Identification Number (ISIN) दिने प्रस्ताव नेपाल धितोपत्र बोर्ड (सेबोन) मा पठाएकोप्रति इप्पानले गम्भीर आपत्ति जनाएको हो।

NIMB

इप्पानले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त प्रस्तावले निजी क्षेत्र, वैदेशिक लगानीकर्ता तथा सर्वसाधारण लगानीकर्तामा अन्यौलता र निराशा फैलाएको उल्लेख गरिएको छ। यदि प्रस्ताव कार्यान्वयनमा आयो भने, यसले प्रचलित कानून, अन्तर्राष्ट्रिय अभ्यास र स्थापित ISIN मापदण्डको उल्लंघन मात्र नगरी नेपालको पुँजी बजारमा दीर्घकालीन नकारात्मक असर पार्ने निश्चित रहेको चेतावनी इप्पानले दिएको छ।

इप्पानका अनुसार प्रस्तावले स्वदेशी पुँजी संकलन, गैरआवासीय नेपालीको लगानी, प्रत्यक्ष वैदेशिक लगानी र निजी क्षेत्रको संलग्नतालाई निरुत्साहित गर्छ। साथै, वर्तमान प्रणालीमा संस्थापक र सर्वसाधारणको शेयर एउटै ISIN मा हुँदा बजार चलायमान रहेको तर छुट्टाछुट्टै ISIN नम्बर भएमा बजारमा तरलता हराउने, पूँजीगत लाभकर घट्ने, ब्रोकर कम्पनी र नेप्सेको कमिसन आम्दानीमा गिरावट आउने र कुल पुँजी बजार संकटमा पर्ने चेतावनी दिइएको छ।

ऊर्जा क्षेत्रमा यस प्रस्तावको असर सबैभन्दा गम्भीर हुने उल्लेख गर्दै इप्पानले सरकारको १० वर्षभित्र २८,५०० मेगावाट विद्युत् उत्पादनको लक्ष्य पूर्ति असम्भव हुने प्रष्ट पारेको छ। सो लक्ष्यमा ६१ खर्बको लगानी आवश्यक पर्ने बताउँदै ४० खर्बभन्दा बढी निजी, गैरआवासीय तथा वैदेशिक लगानीबाट जुटाउने योजनामा गम्भीर अवरोध पुग्ने चेतावनी पनि इप्पानले दिएको छ।

वर्तमानमा सार्वजनिक निष्काशन भएका शेयरहरुमा तीन वर्षको लकिङ अवधि रहने र त्यस अवधिमा शेयर बिक्री गर्न नपाइने प्रावधान नै पर्याप्त रहेको उल्लेख गर्दै इप्पानले संस्थापक र सार्वजनिक समूहका शेयरहरू समान मूल्य, अधिकार र लाभांशका कारण एउटै ISIN नम्बरमा अभौतिकरण हुनु पर्ने माग गरेको छ।

इप्पानका महासचिव बलराम खतिवडा र अध्यक्ष गणेश कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा, सिडिएससीको प्रस्ताव तत्काल फिर्ता लिई शेयर सदस्यहरुलाई एउटै ISIN नम्बरमा अभौतिकरण गर्न व्यवस्था गर्न सेबोन, अर्थ मन्त्रालय लगायत सरोकार निकायसँग जोडदार माग गरिएको छ। साथै, प्रस्ताव कार्यान्वयन नगर्न आग्रह गर्दै नियामक निकायलाई पुँजी बजारको पारदर्शिता तथा लगानीकर्ताको विश्वास कायम राख्न आवश्यक कदम चाल्न इप्पानले अपिल गरेको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया