NIMB Header 2
Nepal Life

झापा इनर्जीको आईपीओमा आजदेखि आवेदन दिन सकिने, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि अवसर

Citizen Life
  • BFIS News
  • 2025 Jul 30 10:58
झापा इनर्जीको आईपीओमा आजदेखि आवेदन दिन सकिने, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि अवसर
Muktinath Bank

काठमाडौं, साउन १४ — झापा इनर्जी लिमिटेडले आज (साउन १४ गते)देखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ।

NIMB

कम्पनीले आफ्ना ३८ करोड १ लाख ९० हजार रुपैयाँ बराबरको जारी पूँजीको १० प्रतिशत अर्थात ३ करोड ८० लाख १९ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरमा ३ लाख ८० हजार १९० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गर्दैछ।

उक्त शेयरमध्ये १ लाख ९० हजार ९५ कित्ता प्रत्यक्ष प्रभावित क्षेत्र — झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा निर्माण तथा सञ्चालन भइरहेको सौर्य विद्युत आयोजना स्थल तथा वरपरको १०० मिटरको क्षेत्रका बासिन्दालाई छुट्याइएको छ। बाँकी १ लाख ९० हजार ९५ कित्ता शेयर सो क्षेत्रबाहेकका वडा नं. ४ भित्रका अन्य बासिन्दामा वितरण गरिनेछ।

यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि ५७ लाख २ हजार ९०० रुपैयाँ बराबरको ५७ हजार २९ कित्ता साधारण शेयर निष्काशन गरिएको छ। यो सर्वसाधारणका लागि छुट्याइएको कुल शेयरको १० प्रतिशत हो।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि  छिटोमा साउन २८ गतेसम्म र   ढिलोमा भदौ १२ गतेसम्म बिक्री हुनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीको हकमा भने छिटोमा साउन १८ गतेसम्म र  ढिलोमा साउन २८ गते बिक्री खुला हुनेछ।

आईपीओका लागि गरिएको रेटिङमा इक्रा नेपालले झापा इनर्जीलाई ‘ICRA NP Issuer Rating B-’ दिएको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालनमा ल्याएको १० मेगावाट क्षमताको ग्रिडमा आबद्ध सौर्य विद्युत आयोजना ८७ करोड ९० लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो। यसमा प्रति मेगावाट लागत ८ करोड ७९ लाख रुपैयाँ रहेको छ। विद्युत् उत्पादन अनुमति २२ वर्षका लागि बाँकी छ।

आईपीओको बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाहरुले हिमालयन बैंकको दुधे, दमक र सुरुङ्गा शाखा तथा आयोजना स्थलबाट आवेदन दिन सक्नेछन्। यसका लागि २ रुपैयाँ दरखास्त फाराम शुल्क तिर्नुपर्नेछ।

 वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुको तोकिएको शाखाबाट सि-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

झापा इनर्जीको आईपीओ आयोजनाको सहभागिता र स्वामित्वमा स्थानीय समुदाय तथा विदेशमा रहेका नेपालीलाई समेट्न गरिएको एक सकारात्मक प्रयासको रूपमा हेरिएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया