NIMB Header 2
Nepal Life

कालिका लघुवित्तको नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो, इपिएस २६ रुपैयाँ हुँदा वितरण योग्य नाफा ६ करोड १९ लाख

National Life
  • BFIS News
  • 2025 Jul 30 11:21
कालिका लघुवित्तको नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो, इपिएस २६ रुपैयाँ हुँदा वितरण योग्य नाफा ६ करोड १९ लाख
Sanima Reliance

काठमाडौं। कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड (केएमसिडीबी) ले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको नाफा र प्रतिशेयर आम्दानी दुबै पक्षमा उल्लेख्य वृद्धि भएको देखिएको छ।

Shikhar
NIMB

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ७ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले हालको आर्थिक वर्षको अन्त्यसम्ममा १० करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा ३६.४२ प्रतिशतले वृद्धि भएको हो।

नाफा वृद्धिको पछाडि लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफाको उल्लेख्य वृद्धि मुख्य कारण रहेको छ। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५०.२९ प्रतिशतले बढेर गएको छ भने अन्य सञ्चालन आम्दानी ८३.८८ प्रतिशतले बढेको छ। यस अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ५४.९८ प्रतिशत र सञ्चालन मुनाफा ९५.८९ प्रतिशतले बढेको विवरणमा उल्लेख छ।

असार मसान्तसम्ममा कालिका लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड १९ लाख रुपैयाँ पुगेको छ। साथै, कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ५ रुपैयाँ २३ पैसाले वृद्धि भई २६ रुपैयाँ ५१ पैसा पुगेको छ। सोही अवधिमा कम्पनीको मूल्य-आम्दानी अनुपात (पी/ई रेसियो) ३९.९६ गुणा र प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ४४ पैसा रहेको छ।

४० करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा हाल ३५ करोड २४ लाख रुपैयाँ सञ्चित रहेको छ। आर्थिक वर्षको अन्त्यसम्ममा कालिका लघुवित्तले १ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलन गर्दै ४ अर्ब ८४ करोड ७४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया