Nepal Life

हिमालयन लघुवित्त नाफामा फर्कियो, प्रतिशेयर आम्दानी २८ रुपैयाँ

NMB Bank
  • BFIS News
  • 2025 Jul 30 12:30
हिमालयन लघुवित्त नाफामा फर्कियो, प्रतिशेयर आम्दानी २८ रुपैयाँ
National Life

काठमाडौं। हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्ष ऋणात्मक नाफामा रहेको लघुवित्त गत वर्ष नाफामा फर्किएको छ।

Shikhar
NIMB

वित्तीय विवरण अनुसार लघुवित्तले आर्थिक वर्षको अन्त्यसम्ममा ९ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्त २० लाख रुपैयाँ घाटामा थियो।

खुद ब्याज आम्दानीमा ५८.५० प्रतिशतको वृद्धि र अन्य सञ्चालन आम्दानीमा १८.४८ प्रतिशतको वृद्धिले लघुवित्तको कुल सञ्चालन आम्दानी ५२.७७ प्रतिशतले बढेको छ। जसको असरस्वरूप अघिल्लो वर्ष ३५ लाख रुपैयाँ ऋणात्मक रहेको सञ्चालन मुनाफा १३ करोड ११ लाख रुपैयाँ धनात्मक भएको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य रुपमा बढेको छ। अघिल्लो वर्षको ६३ पैसा ऋणात्मक प्रतिशेयर आम्दानी सुधार भएर २८ रुपैयाँ ७० पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात (P/E ratio) ३५.३८ गुणा र प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ १६ पैसा पुगेको छ।

३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयन लघुवित्तको जगेडा कोषमा २२ करोड ७९ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले समीक्षा अवधिमा ४ अर्ब ९३ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ९२ करोड ४६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया