NIMB Header 2
Nepal Life

नेपाल सेयर बजार लगानीकर्ता संघ र धितोपत्र बोर्डबीच पूँजीबजारका विविध पक्षमा छलफल

Citizen Life
  • BFIS News
  • 2025 Aug 01 19:41
नेपाल सेयर बजार लगानीकर्ता संघ र धितोपत्र बोर्डबीच पूँजीबजारका विविध पक्षमा छलफल
Muktinath Bank

काठमाडौं। नेपाल सेयर बजार लगानीकर्ता संघका पदाधिकारीहरू र नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठबीच आज पूँजीबजारका समसामयिक विषयमा गहन छलफल सम्पन्न भएको छ।

NIMB

संघका अध्यक्ष डा. केशव श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले पूँजीबजारमा देखिएका वर्तमान चुनौतीहरू र तिनको समाधानका लागि धितोपत्र बोर्डले निर्वाह गर्नुपर्ने भूमिकाबारे आफ्नो धारणा स्पष्ट रूपमा राखेको छ। संघले यसअघि धितोपत्र बोर्डमा पेश गरेका मुद्दाहरूलाई पुनः स्मरण गराउँदै एक औपचारिक पत्र समेत हस्तान्तरण गरेको छ।

छलफलका क्रममा संघका महासचिव  रबिन कँडेलले विगतमा बोर्डसँग भएको भेटमा उठाइएका विषयहरूको कार्यान्वयन अवस्था र रणनीतिक प्रश्नहरू आम लगानीकर्ताको तहसम्म पुर्‍याउनुपर्ने आवश्यकतामा जोड दिनुभयो। विशेषगरी, CDSC (सिडिएससी) द्वारा ISIN नम्बरमा चालिएका कदमहरू र यस सन्दर्भमा धितोपत्र बोर्डको आवश्यक भूमिकाबारे पनि विस्तृत छलफल भएको थियो। सहभागी पदाधिकारीहरूले बजारलाई गतिशील, पारदर्शी र जवाफदेही बनाउन धितोपत्र बोर्डले नियामक निकायको रूपमा आफ्नो भूमिकालाई प्रभावकारी ढंगले निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।

जवाफमा बोर्डका अध्यक्ष  सन्तोष नारायण श्रेष्ठले धितोपत्र बोर्डले नियामकको रूपमा काम गर्दा सामना गर्नुपर्ने चुनौती र जोखिमका साथै भविष्यमा पूँजीबजारको विकासका लागि सबै सरोकारवालाहरूको सकारात्मक सहयोग अपरिहार्य रहेको बताए। लगानीकर्ता संघले 'वाच डग' को भूमिका खेल्नुपर्ने आवश्यकतालाई स्वीकार गर्दै उनले दबाब वा प्रभावमा भन्दा पनि न्यायका सिद्धान्त र कानूनी परिधिभित्र रहेर मात्र काम गर्न सकिने स्पष्ट पारे।

अध्यक्ष श्रेष्ठले संघले पेश गरेका दस्तावेज र आज छलफल गरिएका विषयहरूको गम्भीरतापूर्वक अध्ययन गरी आवश्यकताअनुसार पुनः छलफलमा बस्ने प्रतिबद्धता समेत व्यक्त गरे।

उक्त छलफलमा लगानीकर्ता संघका तर्फबाट अध्यक्ष डा. केशव श्रेष्ठ, उपाध्यक्ष इन्जिनियर भगवानबहादुर रावत, महासचिव  रबिन कँडेल, सचिव  भुवन ढकाल, सदस्यहरू  श्यामहरि सेढाईं, मिना भट्ट र  विवेक श्रेष्ठको उपस्थिति रहेको थियो।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया