Nepal Life

सिवाईसी नेपाल लघुवित्तको नाफामा उल्लेख्य वृद्धि, प्रतिशेयर आम्दानी पनि उकालोमा

NMB Bank
  • BFIS News
  • 2025 Aug 03 13:37
सिवाईसी नेपाल लघुवित्तको नाफामा उल्लेख्य वृद्धि, प्रतिशेयर आम्दानी पनि उकालोमा
National Life

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड (CYCL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार लघुवित्तको नाफा अघिल्लो वर्षको तुलनामा तीनगुणाभन्दा बढीले वृद्धि भएको देखिएको छ।

Shikhar
NIMB

आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्ममा लघुवित्तले ११ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रहेको ३ करोड ८० लाख रुपैयाँको तुलनामा २०८.४४ प्रतिशतले बढी हो।

लघुवित्तको नाफा वृद्धि हुनुमा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा भएको उल्लेख्य वृद्धिलाई प्रमुख कारण मानिएको छ। समीक्षा अवधिमा खुद ब्याज आम्दानी ४१.३० प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी भने १६.१५ प्रतिशतले घटेको देखिएको छ।

त्यस्तै, कुल सञ्चालन आम्दानी २९.४८ प्रतिशतले र सञ्चालन मुनाफा २५०.५३ प्रतिशतले वृद्धि भएको छ। परिणामस्वरूप, वितरणयोग्य मुनाफा २ करोड ९७ लाख रुपैयाँबाट बढेर ९ करोड १० लाख रुपैयाँ पुगेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी (EPS) पनि उल्लेख्य रूपमा उक्लिएको छ। कम्पनीको वार्षिक EPS अघिल्लो वर्षको २९ रुपैयाँ ८० पैसाबाट बढेर ४४ रुपैयाँ ९ पैसामा पुगेको छ। असार मसान्तसम्ममा वितरणयोग्य EPS ३४ रुपैयाँ १७ पैसा रहेको छ।

त्यस्तै, प्रति शेयर नेटवर्थ २७७ रुपैयाँ १७ पैसा कायम रहेको छ भने मूल्य आम्दानी अनुपात (P/E Ratio) ४०.२८ गुणा रहेको छ।

२६ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४७ करोड २० लाख रुपैयाँ सञ्चित रहेको छ। पछिल्लो एक वर्षमा लघुवित्तको निक्षेप तथा सापटी १०.४९ प्रतिशत र कर्जा प्रवाह ४.९६ प्रतिशतले वृद्धि भएको छ।

उल्लेखनीय नाफा वृद्धिले लघुवित्तको वित्तीय स्थिति थप बलियो बनेको संकेत देखिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया