NIMB Header 2
Nepal Life

माबिलुङ्ग इनर्जीले साउन २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

Citizen Life
  • BFIS News
  • 2025 Aug 04 08:43
माबिलुङ्ग इनर्जीले साउन २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने
Muktinath Bank

काठमाडौं।  माबिलुङ्ग इनर्जी लिमिटेडले साउन २६ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।

NIMB

यसअघि आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याइएको सेयर बाँडफाँट भइसकेको छ।

कम्पनीले धितोपत्र बोर्डबाट १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्कासन गर्न स्वीकृति पाएको थियो, जुन कुल जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत हो। यसमध्ये ३ लाख ८५ हजार ८२४ कित्ता सेयर आयोजना प्रभावित स्थानीयहरूका लागि तथा १ लाख ५० हजार ४७१ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी भई बाँडफाँट भइसकेको छ।

अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १३ लाख ५४ हजार २३५ कित्ता सेयर निष्कासन गर्न लागेको हो। त्यसमा ३० हजार ९५ कित्ता कर्मचारीहरूका लागि र ७५ हजार २३६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताहरूले आवेदन दिन सक्नेछन्।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यो सेयर निष्कासन छिटोमा साउन २९ गते र ढिलोमा भदौ ९ गते बन्द हुनेछ।

कम्पनीको आईपीओ निष्कासनको लागि इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग बी प्लस’ प्रदान गरेको छ। यो रेटिङ्गले कम्पनीको वित्तीय अवस्था औसत जोखिममा रहेको संकेत गर्छ।

माबिलुङ्ग इनर्जीले सञ्चालन गरेको ४.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवाखोला–३ जलविद्युत् आयोजनाको अनुमानित लागत १ अर्ब १३ करोड ६० लाख रुपैयाँ रहेको छ। प्रति मेगावाट लागत २२ करोड ९५ लाख रुपैयाँ रहेको यो आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अझै ३१ वर्ष बाँकी छ। परियोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.४३ वर्ष र छुट (discounted) अवधिमा १७.०९ वर्ष रहेको छ।

यस आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया