NIMB Header 2
Prabhu Mahalaxmi

बरुण हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने म्याद भदौ ३ सम्म बढ्यो

United Ajod
  • BFIS News
  • 2025 Aug 04 08:52
बरुण हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने म्याद भदौ ३ सम्म बढ्यो
IME LIFE

काठमाडौं ।  बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) ले शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने म्याद भदौ ३ गतेसम्मका लागि थप गरेको छ। कम्पनीले असार ३१ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको थियो।

Nepal Life
NIMB

कम्पनीले हाल कायम रहेको १ कित्ता सेयर बराबर १ कित्ता (१:१ अनुपातमा) हकप्रद सेयर निष्कासन गरिरहेको छ। सो अन्तर्गत, कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा ५३ लाख ५८ हजार १५० कित्ता, अर्थात् कुल ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको सेयर निष्कासनमा ल्याएको हो।

यस हकप्रद सेयरको लागि कम्पनीले जेठ २२ गते बुक क्लोज गरेको थियो। त्यसअनुसार, जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भइ नाम कायम भएका सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्।

हकप्रद सेयरको निष्कासनका लागि गराइएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘CARE-NP BB’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।

शेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले आरबीबी मर्चेन्ट बैंकिङसहित राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखा कार्यालयहरू — वीरगञ्ज, जनकपुर, नारायणगढ, बागलुङ, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौंडा, तुल्सीपुर, महेन्द्रनगर, चैनपुर, खाँदबारी र धरान — बाट आवेदन दिन सक्नेछन्।

यस्तै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट सि–आस्बा प्रणालीमार्फत तथा CDSC को 'मेरो शेयर' सफ्टवेयर प्रयोग गरी अनलाइनबाट पनि आवेदन दिन सकिनेछ।

हाल बरुण हाइड्रोपावरको चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ रहेको छ। हकप्रद सेयर निष्कासनपछिको पूँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ।

उक्त हकप्रद सेयरबाट संकलित रकममध्ये १ करोड ५८ लाख रुपैयाँ क्षतिग्रस्त हेवाखोला जलविद्युत् आयोजनाको पुनःनिर्माण तथा अन्य खर्चका लागि र बाँकी ५२ करोड रुपैयाँ जलशक्ति हाइड्रो कम्पनी प्रा.लि.मा लगानी तथा अधिग्रहणका लागि प्रयोग गरिने कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया