NIMB Header 2
Nepal Life

संस्थापक सेयर अभौतिकरण प्रस्ताव पुनर्विचार गर्न एनआरएनएद्वारा सरकारलाई आग्रह

Citizen Life
  • BFIS News
  • 2025 Aug 04 16:30
संस्थापक सेयर अभौतिकरण प्रस्ताव पुनर्विचार गर्न एनआरएनएद्वारा सरकारलाई आग्रह
Muktinath Bank

काठमाडौं, साउन १९।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सिडिएस एण्ड क्लियरिङ लिमिटेड (CDSC) ले हालै नेपाल धितोपत्र बोर्ड (SEBON) समक्ष पेस गरेको संस्थापक समूहको सेयर अभौतिकरण (Dematerialization) सम्बन्धी प्रस्ताव पुनर्विचार गर्न सरकारसमक्ष माग गरेको छ।

NIMB

संघले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा CDSC ले सेयर सूचीकृत प्रक्रियामा रहेका कम्पनीहरूको संस्थापक र सर्वसाधारण सेयरलाई अलग-अलग इन्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (ISIN) दिने प्रस्ताव राखेको विषयले पूँजी बजार, लगानी वातावरण, र विशेषगरी प्रवासी नेपालीको नेपालमा हुने लगानीमा नकारात्मक असर पार्ने जनाएको छ।

एनआरएनएको भनाइ छ कि प्रस्ताव कार्यान्वयनमा गएमा विदेशमा रहेका नेपाली संस्थापक लगानीकर्तामा भ्रम, निराशा, तथा अनिश्चितता बढ्नेछ। यसले सेयर कारोबारमा जटिलता थप्ने, पूँजी बजारको पारदर्शिता र स्थायित्वमा गम्भीर असर पार्ने खतरा रहेको संघको ठहर छ।

लगानीमैत्री वातावरण माग

संघका अनुसार एनआरएन स्थापना कालदेखि नै विदेशमा रहेका नेपालीको ज्ञान, सीप र पूँजीलाई नेपालमा भित्र्याउने उद्देश्य रहँदै आएको छ। हाल ऊर्जा, पूर्वाधार, पर्यटन, स्टार्टअप र वित्तीय क्षेत्रमा गैरआवासीय नेपालीहरूद्वारा उल्लेखनीय लगानी हुँदै आएको भन्दै यस्तो प्रस्तावले प्रवासी लगानीकर्तालाई निरुत्साहित गर्ने चेतावनी दिएको छ।

"गैरआवासीय नेपालीहरू नेपालमा लगानी गर्दा स्थायित्व, पारदर्शिता र कानुनी स्पष्टता अपेक्षा गर्छन्," विज्ञप्तिमा भनिएको छ, "तर प्रस्तावित व्यवस्था लागू भएमा संस्थापक सेयरधनीहरूले सेयर बिक्री गर्न कठिनाइ भोग्नुपर्नेछ, वैदेशिक लगानी फिर्ता गर्न सकिने सुनिश्चितता रहनेछैन, र कानुनी अन्योल सिर्जना भई अन्तर्राष्ट्रिय लगानीकर्तामा नकारात्मक सन्देश जानेछ।"

प्रस्ताव पुनर्विचारको माग

संघले नेपाल सरकार र सरोकारवाला निकायसँग उक्त प्रस्ताव तत्काल पुनर्विचार गर्न माग गरेको छ। साथै, प्रस्तावको दीर्घकालीन असर मूल्याङ्कन गर्न व्यापक छलफलमार्फत सन्तुलित निर्णय लिनु आवश्यक रहेको जनाएको छ।

एनआरएनएले पूँजी बजारप्रतिको विश्वास, लगानी सुरक्षाको प्रत्याभूति र प्रवासी तथा विदेशी लगानीकर्ताको विश्वास कायम राख्नका लागि यस्ता नीतिगत निर्णयहरूमा गम्भीरतापूर्वक सरोकारवालासँग समन्वय हुनुपर्नेमा जोड दिएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया