Nepal Life

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई काठमाडौँ को “एमएन अस्पताल” मा विशेष छुट

NMB Bank
  • BFIS News
  • 2025 Aug 04 21:06
मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई काठमाडौँ को “एमएन अस्पताल” मा विशेष छुट
National Life

काठमाडौं। मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले काठमाडौँको, बसुन्धरामा रहेको “एमएन अस्पताल”सँग विशेष छुट गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । 

Shikhar
NIMB

यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले “एमएन अस्पताल” बाट प्रदान हुने विभिन्न सेवाहरु जस्तै अपरेसन, प्रयोगशाला, एक्स–रे, औषधी, आदिमा १५% सम्म छुट प्राप्त गर्न सक्नेछन्। यस प्रकारको सहकार्यबाट ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सरल, सुलभ र कफायती रुपमा प्राप्त हुने विश्वास बैंकले लिएको छ। बैंकले आगामी दिनहरूमा पनि आफ्ना ग्राहकहरूको हितमा यस्ता सेवामूलक साझेदारहरू विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।

बैंकले हालै मोवाईल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप संचालनमा ल्याउनुको साथै अन्तरदेशीय क्यूआर भुक्तानी सेवा पनि संचालनमा ल्याएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा लगाएतका अन्य कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।  

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया