Nepal Life

एनआरएनए केन्द्रिय उपाध्यक्षमा नारायण आचार्यको उमेद्वारी घोषणा, दोस्रो कार्यकाल

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Fri 06:15
एनआरएनए केन्द्रिय उपाध्यक्षमा नारायण आचार्यको उमेद्वारी घोषणा, दोस्रो कार्यकाल
Sanima Reliance

काठमाडौं । गैरआबासीय नेपाली संघको आगामी कार्यकाल २०२३ -२०२५ का लागी नेदरल्याण्ड निबासी वर्तमान उपाध्यक्ष समेत रहेका नारायण आचार्यले पुन: उपाध्यक्ष पदका लागि उमेद्वारी घोषणा गरेका छन् । उनले सोहि पदमा आफुलाई दोहोराउदै सङ्घमा आफुले दिएका योगदान लाइ अझ बढी प्रभावकारी रुपमा कार्यनयन संगै बदलिदो परिस्थितिमा सङ्घ लाई  नँया तबरले अगाडी बढाउनका लागी उमेद्वारी दिएको बताएका छन्। 

NIMB

गैर आबासीय नेपाली संघ राष्ट्रिय समुन्वय समिति नेदरल्याण्डको अध्यक्ष , अन्तरास्ट्रिय समन्वय  परिषद सदस्य , युरोप क्षेत्रीय  संयोजक हुदै वर्तमान केन्द्रिय उपाध्यक्ष समेत रहेका आचार्य नेपालमा रहदा नेपालको राजधानी स्थित  शंकरदेब क्याम्पसमा  स्ववियु सभापती बनेर  रहेर उत्कृस्ट कार्यसम्पादन गरिसकेका व्यक्ति भनेर डायस्पोरामा परिचित छन्। 

आफुलाइ प्रजातान्त्रीक व्यक्तित्व भन्न रुचाउने आचार्यले आफ्नो उमेदेवारी घोषणामा, “आफुले गैरआबासीय नेपाली  सङ्घको अभियानमा आज सम्म दिएको योगदान , समर्पण र समन्यको आधारमा विश्व भर रहनुभएका सङ्घका शुभचिन्तक मित्रहरु बाट आएको सुझाबको आधारमा आफुले निर्णय लिएर अगाडी बढन चाहेको”  बताए ।  

उपाध्यक्ष प्रत्यासी आचार्यको ब्यक्तब्य जस्ताको त्यस्तै :   

गैरआवासीय नेपाली सङ्घ  संग सम्बन्धित आदरणीय सम्पूर्ण अग्रज, समकालीन, महाधिवेशन प्रतिनिधी तथा मेरा शुभचिन्तक साथीहरुमा , नमस्कार।

गैरआवासीय नेपाली सङ्घको आगामी ११ औं महाधिवेशनमा मेरो उम्मेद्वारीका बिषयमा चासो र चिन्ता ब्यक्त गर्नुहुने हजुरहरु सम्पूर्णमा आभार ब्यक्त गर्दछु । गैरआवासीय नेपाली संघ सङ्घभित्र केहि बर्षदेखि देखापरेको आन्तरीक खिचातानी तथा असमझदारीलाई अन्त्य  गरी बिदेशमा रहेका हामी सबै गैर आबासीयहरुले  गैरआबासीय नेपाली सङ्घ  लाई आफ्नो साझा घर र सम्पूर्ण प्रवासी नेपालीहरुलाई आफ्नो साझा परिवार सम्झन सक्ने वातावरणको निर्माण गर्नुपर्ने अहिलेको आबश्यकता छ।  

यही मर्मलाई आत्मासाथ  गर्दै एक सबल तथा सबैलाई बिना पूर्वाग्रह नेतृत्व दिन सक्ने कार्यसमिति निर्वाचित गर्ने दायित्व तपाई हामी सामु देखापरेको छ । गैरआवासीय नेपाली सङ्घको स्थापना देखी आजसम्मका बिभिन्न कालखण्ड हरुमा धेरै असहज परिस्थितीहरु देखा परेको हाम्रो सामु ताजा छ  । 

गत १० औं महाधिवेशनमा त सङ्घ झण्डै  समानान्तर हैसीयतमै विभाजनको डिलमा पुगेको तीतो यथार्थ यहाँहरु सबैबीच  अवगत नै भएको  बिषय हो । यसमा अग्रजहरुको अथक प्रयास, तपाई हामीहरुको तीब्र दबाब तथा नेपाल सरकारको सुझाब र दबाबका कारण गैरआबासीय नेपाली सङ्घ  ठूलो दुर्घटनाबाट बच्न सफल भएको थियो , यद्यपी  पूर्णरूपमा सबैलाई समेटेर महाधिवेशन गर्न सकिएन । अत: हाम्रा सामु देखिएका बिभिन्न चुनौतिहरुलाई सामना गर्दै सबै गैरआवासीय नेपालीहरुको साझा, सक्षम, पारदर्शी एवं सबल सङ्घ  बनाउने अभियानलाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आउदै गरेको यसको  महाधिबेशनमा आफु उपाध्यक्ष पदमा पुन : उमेद्वार बन्ने निर्णयमा पुगेको छु ।

 मैले NCC द नेदरल्यान्ड्सको अध्यक्ष, ICC सदस्य, यूरोप क्षेत्रीय संयोजक तथा गत १० औं महाधिवेशनबाट ICC उपाध्यक्ष भएर संघमा काम गर्ने अबसर प्राप्त गरेको अनुभवका आधारमा पनि आगामी कार्यकालमा संसारभर रहनु भएका NRN हरुका मुद्दाहरुमा आवाज उठाउन आफुलाई दृढ रूपमा समर्पित गर्ने छु । मेरो उम्मेद्वारीलाई यहाँहरुले अनुमोदन गर्नुहुने छ भन्ने पूर्ण विश्वास लिएको। 

यहाहरुको सहयोगको अपेक्षामा। 

नारायण प्रसाद आचार्य

उम्मेद्वार  उपाध्यक्ष २३-२५ 

द नेदरल्याण्ड 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया