Nepal Life

राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्दै, बोलकबोल आज दिउँसो ३ बजे

NMB Bank
  • BFIS News
  • 2025 Aug 06 11:18
राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्दै, बोलकबोल आज दिउँसो ३ बजे
National Life

काठमाडौं, साउन २१।   नेपाल राष्ट्र बैंकले आज फेरि बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। यसका लागि साउन २१ गते दिउँसो ३ बजे बोलकबोल कार्यक्रम तय गरिएको छ।

Shikhar
NIMB

राष्ट्र बैंकका अनुसार, निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँसम्म भाग लिने गरी बोलकबोलमा सहभागी हुन सक्नेछन्। बोलकबोल निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म गर्न सकिनेछ।

बोलकबोल ब्याजदरको आधारमा हुने जनाइएको छ, साथै बहुब्याजदरमा पनि बोलकबोल गर्न मिल्नेछ। यस निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन्।

राष्ट्र बैंकले यो ३५ दिने अवधिको निक्षेप संकलन उपकरण भदौ २५ गते साँवा तथा ब्याजसहित फिर्ता गरिने जानकारी दिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया