Nepal Life

एनआईसी एशिया क्यापिटलद्वारा “एनआईसी एशिया इक्विटी लिङ्क्ड इन्भेस्टमेन्ट स्कीम” सार्वजनिक निष्कासनमा, साउन २९ देखि बिक्री खुला

NMB Bank
  • BFIS News
  • 2025 Aug 06 11:28
एनआईसी एशिया क्यापिटलद्वारा “एनआईसी एशिया इक्विटी लिङ्क्ड इन्भेस्टमेन्ट स्कीम” सार्वजनिक निष्कासनमा, साउन २९ देखि बिक्री खुला
National Life

काठमाडौं, साउन २१।  एनआईसी एशिया क्यापिटल लिमिटेडले प्रवर्द्धन गरेको खुलामुखी म्युचुअल फण्ड योजना “एनआईसी एशिया इक्विटी लिङ्क्ड इन्भेस्टमेन्ट स्कीम” को सार्वजनिक निष्कासन (IPO) साउन २९ गतेदेखि खुला हुने भएको छ।

Shikhar
NIMB

कम्पनीले यस सम्बन्धमा प्रस्तावपत्र (Offer Letter) प्रकाशन गर्दै फण्डमा ५० करोड रुपैयाँबराबरको ५ करोड इकाई शेयर सर्वसाधारण र संस्थागत लगानीकर्ताहरूका लागि बिक्रीमा ल्याउने जानकारी दिएको हो। आवेदन साउन २९ गतेदेखि भदौ २ गतेसम्म दिन सकिनेछ। यदि सो अवधिसम्म पूर्ण रूपमा बिक्री नभएमा निष्कासन अवधि भदौ १२ गतेसम्म लम्ब्याउन सकिनेछ।

कुल १० करोड इकाइमध्ये १५% अर्थात् १ करोड ५० लाख इकाई (रु. १५ करोड बराबर) प्रवर्द्धक एनआईसी एशिया बैंक लिमिटेडलाई सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाइमध्ये ५ करोड इकाइ (रु. ५० करोड बराबर) सर्वसाधारण र संस्थागत लगानीकर्ताका लागि निष्कासन हुनेछ।

यो योजना खुलामुखी प्रकारको म्युचुअल फण्ड हो, जसमा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड इकाइसम्म आवेदन दिन सक्नेछन्।

एनआईसी एशिया क्यापिटलद्वारा व्यवस्थापन गरिने यो योजना दीर्घकालीन पूँजी वृद्धिमा केन्द्रित रहने बताइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया