Nepal Life

नबिल इन्भेस्टमेन्ट बैंकिङद्वारा “एनआई ३१” म्युचुअल फण्ड सार्वजनिक निष्कासनमा, साउन ३० देखि बिक्री खुला

NMB Bank
  • BFIS News
  • 2025 Aug 06 11:33
नबिल इन्भेस्टमेन्ट बैंकिङद्वारा “एनआई ३१” म्युचुअल फण्ड सार्वजनिक निष्कासनमा, साउन ३० देखि बिक्री खुला
National Life

काठमाडौं, साउन २१।  नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले प्रवर्द्धन गरेको खुलामुखी म्युचुअल फण्ड योजना “एनआई ३१ (NI 31)” को इकाइ निष्कासन साउन ३० गतेदेखि खुला हुने भएको छ।

Shikhar
NIMB

कम्पनीले प्रकाशित गरेको प्रस्तावपत्रअनुसार निष्कासन साउन ३० देखि भदौ ३ गतेसम्म खुला रहनेछ। यदि सो अवधिमा इकाइ पूर्ण रूपमा बिक्री नभएमा निष्कासन अवधि भदौ १३ गतेसम्म लम्ब्याउन सकिने व्यवस्था गरिएको छ।

कुल २ करोड ५० लाख इकाइमध्ये, १५% अर्थात् ३७ लाख ५० हजार इकाइ (रु. ३ करोड ७५ लाख बराबर) प्रवर्द्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई सुरक्षित गरिएको छ। बाँकी १ करोड १२ लाख ५० हजार इकाइ (रु. ११ करोड २५ लाख बराबर) सर्वसाधारण र संस्थागत लगानीकर्ताका लागि निष्कासन गरिनेछ।

यो योजना खुलामुखी प्रकारको म्युचुअल फण्ड हो, जसमा लगानीकर्ताहरूले न्यूनतम १०० इकाइदेखि अधिकतम २५ लाख इकाइसम्म आवेदन दिन सक्नेछन्।

“एनआई ३१” फण्ड दीर्घकालीन लगानीकर्तालाई लक्षित गरिएको योजना हो, जसको व्यवस्थापन नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया