Nepal Life

एनएमबी बैंकद्वारा मानव सेवा आश्रमलाई सोलार सामग्री प्रदान

NMB Bank
  • BFIS News
  • 2025 Aug 07 16:19
एनएमबी बैंकद्वारा मानव सेवा आश्रमलाई सोलार सामग्री प्रदान
National Life

काठमाडौं । एनएमबी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गण्डकी प्रदेशस्थित मानव सेवा आश्रम, पोखरामा सोलार ट्यांकी र सोलार बत्तिहरू हस्तान्तरण गरेको छ।

Shikhar
NIMB

पोखरास्थित आश्रममा आयोजित एक विशेष समारोहबीच आयोजित कार्यक्रममा बैंकले १,००० लिटर क्षमताको सोलार ट्यांकी र सोलार बत्तिहरू प्रदान गरेको हो। कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रविन्द्र कुमार थापाले दीप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रममा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) गोविन्द गन्यमेले अध्यक्षता गरेका थिए। कार्यक्रममा बैंकका संस्थापक सेयरधनीहरू रवीन्द्र कुमार भाटान्यु, प्राडा हरि पाठक, सालिकराम गन्यमे, विमल बहादुर कुँवर र ओम कुमार मुल्मीको समेत उपस्थिति थियो।

मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बैंकप्रति कृतज्ञता प्रकट गर्दै उक्त सहयोगले आश्रमको दिगो ऊर्जा व्यवस्थापनमा सहयोग पुग्ने बताए। कार्यक्रमका क्रममा बैंकको तर्फबाट संस्थापक शेयरधनी, CEO, र वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतले संयुक्त रूपमा सोलार सामग्री हस्तान्तरण गरेका थिए।

एनएमबी बैंकले साउन महिनालाई ‘ग्रीन मन्थ’को रूपमा मनाउँदै दिगो विकासलाई प्राथमिकता दिँदै आएको छ। उक्त अभियानकै सन्दर्भमा यो सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरिएको हो।

हाल एनएमबी बैंकले देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ। यस्तै प्रकृतिका सामाजिक कार्यहरू देशका अन्य प्रदेशहरूमा पनि निरन्तर सञ्चालन भइरहेको बैंकले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया