Nepal Life

झापाको बिर्तामोडमा भाट–भटेनी सुपर मार्केटको २६ औं शाखा सञ्चालनमा

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Fri 11:58
झापाको बिर्तामोडमा भाट–भटेनी सुपर मार्केटको २६ औं शाखा सञ्चालनमा
Sanima Reliance

काठमाडौं । भाटभटेनी सुपरमार्केटले झापाको मुख्य ब्यापारीक केन्द्र बिर्तामोडमा २६ औं शाखा सञ्चालनमा ल्याएको छ । भाटभटेनीका अध्यक्ष मिन बहादुर गुरुङले बुधबार शाखा कार्यालयको उद्घाटन गरेका हुन् । 

NIMB

नेपालमा २६ औँ शाखाका रुपमा सञ्चालनमा आउने भाट–भटेनी स्टोरमा एक लाख २५ हजार प्रकारका सामानहरु खरिद गर्न पाइने कम्पनीको व्यवस्थापन जनाएको छ । 

उद्घाटनका समयमा ग्राहकलाई प्रत्येक सामानहरुमा १० देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । २ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा सञ्चालनमा आउन लागेको बिर्तामोडको भाट–भटेनीमा स्केटिङ पार्क, फुड कोर्ट, दुईवटा सिनेमा हल रहनेछ । सातौँ तल्लासम्म रहेको भाट–भटेनी झापाकै ठुलो सुपर मार्केट हो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया