Nepal Life

एभरेष्ट बैंकको खुद नाफा ३२.८१ प्रतिशतले वृद्धि, ३७ प्रतिशतसम्म लाभांश दिन सक्ने, हरेक सूचकमा अब्बल

NMB Bank
  • BFIS News
  • 2025 Aug 11 12:12
एभरेष्ट बैंकको खुद नाफा ३२.८१ प्रतिशतले वृद्धि, ३७ प्रतिशतसम्म लाभांश दिन सक्ने, हरेक सूचकमा अब्बल
National Life

काठमाडौं, २६ साउन। एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेखनीय नाफा आर्जन गर्न सफल भएको छ।

Shikhar
NIMB

बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२.८१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले ३ अर्ब ७० करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन आम्दानीमा देखिएको वृद्धि नै नाफा वृद्धिको मुख्य कारण भएको बैंकले जनाएको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९ अर्ब १२ करोड ९३ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १९.३६ प्रतिशतले वृद्धि भएको हो। त्यस्तै, सञ्चालन मुनाफा ३१.६३ प्रतिशतले बढेर ७ अर्ब ४५ करोड ४२ लाख रुपैयाँ पुगेको छ। यसै अवधिमा वितरण योग्य मुनाफा ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ रहेको छ।

बैंकले हालसम्म २ खर्ब ९८ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब १३ अर्ब ६२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। १२ अर्ब ९४ करोड ४४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको रिटेन्ड अर्निङ ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ छ भने जगेडा कोषमा १३ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ सञ्चित छ।

बैंकको खराब कर्जा अनुपात (NPL) ०.७१ प्रतिशतबाट घटेर ०.३८ प्रतिशत पुगेको छ, जसले बैंकको कर्जा व्यवस्थापन सुधारिएको देखाउँछ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (EPS) पनि उल्लेखनीय रूपमा बढेको छ। यो वर्ष ६ रुपैयाँ ५२ पैसाले वृद्धि भई ३७ रुपैयाँ ९९ पैसा पुगेको छ। बैंकको प्रति शेयर नेटवर्थ २४७ रुपैयाँ ३९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (P/E Ratio) १८.४७ गुणा रहेको छ। एभरेष्ट बैंकले सार्वजनिक गरेको यस वित्तीय विवरणले बैंकको वित्तीय अवस्था मजबुत हुँदै गएको देखाउँछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया