Nepal Life

ग्लोबल आइएमई बैंकको नाफा ६ अर्ब २० करोड, वितरणयोग्य मुनाफा ५ अर्ब ३७ करोड

NMB Bank
  • BFIS News
  • 2025 Aug 13 10:05
ग्लोबल आइएमई बैंकको नाफा ६ अर्ब २० करोड, वितरणयोग्य मुनाफा ५ अर्ब ३७ करोड
National Life

काठमाडौं।   ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा सामान्य वृद्धि भएको जनाएको छ।

Shikhar
NIMB

विवरण अनुसार, गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ६ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ६ अर्ब १३ करोड रुपैयाँको तुलनामा १.१० प्रतिशत बढी हो। बैंकको इम्पेरमेन्ट चार्ज बढ्दा नाफा वृद्धिमा दबाब परेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.८५ प्रतिशतले घटेको भए पनि खुद फि तथा कमिशन आम्दानी २०.१२ प्रतिशतले र कुल सञ्चालन आम्दानी ३.०१ प्रतिशतले बढेको छ। तर, इम्पेरमेन्ट चार्ज ३ अर्ब ६१ करोडबाट बढेर ४ अर्ब ३० करोड रुपैयाँ पुगेसँगै सञ्चालन मुनाफा २.७५ प्रतिशतले घटेको हो।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (EPS) १८ पैसाले बढेर १६ रुपैयाँ २८ पैसामा पुगेको छ। असार मसान्तसम्म बैंकको प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ६३ पैसा र मूल्य–आम्दानी अनुपात १५.९५ गुणा रहेको छ।

३८ अर्ब ११ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २९ अर्ब ५८ करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ५ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। सो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ३७ करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी १४ रुपैयाँ ११ पैसा रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया