Nepal Life

प्रभु बैंकको नाफामा ९६५% वृद्धि, वितरणयोग्य मुनाफा १ अर्ब ४ करोड रुपैयाँ

NMB Bank
  • BFIS News
  • 2025 Aug 13 10:12
प्रभु बैंकको नाफामा ९६५% वृद्धि, वितरणयोग्य मुनाफा १ अर्ब ४ करोड रुपैयाँ
National Life

काठमाडौं।  प्रभु बैंक लिमिटेड (PRVU) ले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसमा अघिल्लो आर्थिक वर्षको तथ्यांक संशोधनपछि नाफामा ९६५ प्रतिशतभन्दा बढी वृद्धिदर देखिएको छ।

Shikhar
NIMB

विवरण अनुसार, गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ५ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। हालको विवरणमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको खुद नाफा ५१ करोड ८ लाख रुपैयाँ मात्र देखिएको छ, जसका कारण वृद्धिदर असामान्य रूपमा उच्च भएको हो। बैंकले गत वर्ष प्रकाशित विवरणमा भने सोही अवधिसम्मको नाफा ४ अर्ब ४८ करोड रुपैयाँ उल्लेख गरेको थियो।

बैंकले इम्पेरमेन्ट चार्जमा हेरफेर गर्दा नाफामा यस्तो भिन्नता आएको हो। गत वर्षको विवरणअनुसार २०८१ असार मसान्तसम्म इम्पेरमेन्ट चार्ज ५५ करोड ६८ लाख रुपैयाँ थियो भने हालको विवरणमा सो रकम ४ अर्ब ७१ करोड रुपैयाँ देखाइएको छ। यसले अघिल्लो वर्षको नाफा घटाउँदै हालको वृद्धिदरलाई उच्च देखाएको हो।

२०७९/८० को अन्त्यसम्म बैंकको प्रतिशेयर आम्दानी (EPS) २३ रुपैयाँ १२ पैसा, प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ र मूल्य–आम्दानी अनुपात ९.६ गुणा रहेको छ। सो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४ करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४४ पैसा रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया