Nepal Life

नेपाल एसबिआई बैंकको नाफा ९.८६ प्रतिशतले घट्यो, वितरणयोग्य मुनाफा १ अर्ब २३ करोड रुपैयाँ

NMB Bank
  • BFIS News
  • 2025 Aug 14 11:17
नेपाल एसबिआई बैंकको नाफा ९.८६ प्रतिशतले घट्यो, वितरणयोग्य मुनाफा १ अर्ब २३ करोड रुपैयाँ
National Life

काठमाडौं ।  नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.८६ प्रतिशतले घटेको छ।

Shikhar
NIMB

आर्थिक वर्षको अन्त्यसम्म बैंकले १ अर्ब ८० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो, जुन अघिल्लो वर्षको सोही अवधिको १ अर्ब ९९ करोड रुपैयाँ नाफाभन्दा १८ करोड ७५ लाख रुपैयाँले कम हो।

बैंकको खुद ब्याज आम्दानी ३.७२ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ७.५५ प्रतिशतले बढेपनि, इम्पेरमेन्ट चार्ज ६४ करोड ८३ लाख रुपैयाँबाट बढेर १ अर्ब २ करोड रुपैयाँ पुगेपछि नाफामा गिरावट आएको हो। यससँगै सञ्चालन मुनाफा पनि ३.६२ प्रतिशतले घटेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (EPS) १ रुपैयाँ ८१ पैसाले घटेर १६ रुपैयाँ ५४ पैसामा झरेको छ। असार मसान्तसम्म वितरणयोग्य मुनाफा १ अर्ब २३ करोड ३ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ११ रुपैयाँ २९ पैसा रहेको छ।

त्यस्तै, बैंकको प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ५९ पैसा र मूल्य–आम्दानी अनुपात (P/E Ratio) २६.६० गुणा रहेको छ। १० अर्ब ८९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ६५ करोड रुपैयाँ सञ्चित छ।

गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले १ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया