Nepal Life

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको नाफा १० गुणाले वृद्धि, खुद नाफा ६७ करोड नाघ्यो

NMB Bank
  • BFIS News
  • 2025 Aug 14 11:18
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको नाफा १० गुणाले वृद्धि, खुद नाफा ६७ करोड नाघ्यो
National Life

काठमाडौं, साउन २९। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा झण्डै १० गुणा अर्थात् ८८९.०४ प्रतिशतले वृद्धि भएको छ।

Shikhar
NIMB

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले कुल ६७ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ६ करोड ७८ लाख रुपैयाँ मात्र थियो।

लगानी बिक्रीबाट उल्लेख्य नाफा

यस आर्थिक वर्षमा कम्पनीको वित्तीय आम्दानी र लाभांश आम्दानी घट्दा पनि लगानी बिक्रीबाट प्राप्त उल्लेख्य नाफाले नाफामा ठूलो वृद्धि गराएको हो।

समीक्षा अवधिमा कम्पनीको लाभांश आम्दानी ४३.४८ प्रतिशतले घटेको छ भने वित्तीय आम्दानी १८.६५ प्रतिशतले घटेको देखिएको छ। तर लगानी बिक्रीबाट कम्पनीले ९० करोड ९ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको छ, जसका कारण कम्पनीको कुल आम्दानीमा ९०० प्रतिशतको वृद्धि भएको छ।

खर्च र प्रतिशेयर आम्दानी

यस अवधिमा कम्पनीको कुल खर्च १ करोड १२ लाख रुपैयाँबाट बढेर ११ करोड ३८ लाख रुपैयाँ पुगेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी (EPS) पनि उल्लेख्य वृद्धि भएको छ। अघिल्लो वर्षको तुलनामा ४६ रुपैयाँ ६९ पैसाले वृद्धि भएर प्रतिशेयर आम्दानी ५२ रुपैयाँ २३ पैसा पुगेको छ।

अन्य वित्तीय सूचकहरू

  • असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २५० रुपैयाँ १५ पैसा पुगेको छ।

  • मूल्य/आम्दानी अनुपात (P/E Ratio) ४३.६४ गुणा रहेको छ।

  • कम्पनीको चुक्ता पूँजी १ अर्ब २८ करोड रुपैयाँ छ भने रिटेन्ड अर्निङ्ग ७२ करोड २० लाख रुपैयाँ रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया