Nepal Life

नेपालमा साइबर सुरक्षा सुदृढीकरणका लागि भिसासँग एनबीएको सम्झौता

NMB Bank
  • BFIS News
  • 2025 Aug 15 04:37
नेपालमा साइबर सुरक्षा सुदृढीकरणका लागि भिसासँग एनबीएको सम्झौता
National Life

काठमाडौं, साउन ३० — नेपाल बैंकर्स एसोसिएसन (एनबीए) र डिजिटल भुक्तानी प्रणालीको विश्वव्यापी अग्रणी संस्था भिसाबीच साइबर सुरक्षा प्रवर्द्धनका लागि सहकार्य सम्झौता भएको छ। सम्झौतासँगै नेपालको वित्तीय क्षेत्रमा साइबर सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि र क्षमता विकास गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ।

Shikhar
NIMB

नेपालमा डिजिटल भुक्तानी प्रणालीको विकास तथा प्रवर्द्धनमा लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल बैंकर्स एसोसिएसन र भिसाले यसपटक रणनीतिक रूपमा साइबर सुरक्षामा विशेष ध्यान दिने निर्णय गरेका छन्।

संयुक्त पहल अन्तर्गत देशभरका सबै सातै प्रदेशमा साइबर सुरक्षा सम्बन्धी जनचेतना कार्यक्रमहरू सञ्चालन गरिनेछ। यस्ता कार्यक्रमहरूमा प्रादेशिक गतिविधिसँगै सरोकारवाला निकायहरूसँग केन्द्रित अन्तरक्रिया सत्रहरू समेत आयोजना गरिने एनबीएले जनाएको छ।

कार्यक्रमहरूमा नियामक निकाय, सरकारी संस्था, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, साइबर सुरक्षा विज्ञ लगायत विभिन्न सरोकारवाला निकायहरूको सहभागिता सुनिश्चित गरिनेछ। साथै, भिसाका विशेषज्ञहरू र बैंक क्षेत्रका अधिकारीहरूबीच विशेष अन्तरक्रियात्मक सत्रहरू पनि सञ्चालन हुनेछन्।

बैंकिङ प्रणालीमा डिजिटल कारोबारको बढ्दो प्रयोगसँगै साइबर सुरक्षालाई अझ मजबुत बनाउनु आवश्यक रहेको सन्दर्भमा यस्तो सहकार्यले वित्तीय क्षेत्रको सुरक्षा सतर्कता र प्रतिरोध क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया