NIMB Header 2
Nepal Life

नेपाल लाइफ इन्स्योरेन्सको नाफा १७.३७% ले वृद्धि, खुद बीमाशुल्क ४७ अर्ब नाघ्यो, बीमा कोषमा २ खर्ब ३३ अर्ब

IME LIFE
  • BFIS News
  • 2025 Aug 15 11:21
नेपाल लाइफ इन्स्योरेन्सको नाफा १७.३७% ले वृद्धि, खुद बीमाशुल्क ४७ अर्ब नाघ्यो, बीमा कोषमा २ खर्ब ३३ अर्ब
United Ajod

काठमाडौं, ३० साउन । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (NLIC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार बीमा व्यवसाय, आम्दानी र नाफा सबै सूचकहरूमा उल्लेखनीय वृद्धि देखिएको छ।

Nepal Life
NIMB

नेपाल लाइफले आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा आर्जन गरेको ४० अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्कलाई पार गर्दै २०७९/८१ को चौथो त्रैमाससम्म ४७ अर्ब ६६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। यो वृद्धि १८.८४ प्रतिशतको हो।

त्यस्तै, कम्पनीको कुल आम्दानी पनि १५.४३ प्रतिशतले बढेर ६८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यो रकम ५९ अर्ब १७ करोड रुपैयाँ थियो।

बीमा शुल्क र आम्दानीको साथमा कम्पनीको नाफामा समेत उल्लेखनीय वृद्धि देखिएको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा १७.३७ प्रतिशतले बढेर ६० करोड ३२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा नाफा ५१ करोड ३९ लाख रुपैयाँ थियो।

समीक्षा अवधीमा कम्पनीको जीवन बीमा कोषमा २ खर्ब ३३ अर्ब नाघेको छ। गत वर्षको यहि अवधिमा एक खर्ब ९५ अर्ब थियो।प्रतिशेयर आम्दानी (EPS) पनि ४२ पैसा बढेर ६ रुपैयाँ ६८ पैसा पुगेको छ भने मूल्य-आम्दानी अनुपात (P/E Ratio) ११५.६८ गुणा रहेको छ। यस्तै, प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ७५ पैसा पुगेको छ।

९ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको महाविपत्ती कोषमा १ अर्ब ३२ करोड रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ अर्ब २४ करोड रुपैयाँ र अन्य इक्विटीमा ७५ करोड ४४ लाख रुपैयाँ रहेको उल्लेख छ।

कम्पनीले बीमा व्यवसाय विस्तारसँगै आफ्नो अभिकर्तालाई पनि उल्लेखनीय कमिशन वितरण गरेको छ। समीक्षा अवधिमा कम्पनीले अभिकर्ताहरूलाई ३ अर्ब ६६ करोड ६८ लाख रुपैयाँ कमिशन स्वरूप प्रदान गरेको छ।

नेपाल लाइफमा हालसम्म बीमालेख संख्या २२ लाख ८७ हजार रहेको छ, जसले कम्पनीको बजार पहुँच र ग्राहक विश्वास दुवै बलियो रहेको संकेत गर्दछ।

कम्पनीको वित्तीय सूचकहरूमा देखिएको निरन्तर सुधारले नेपाल लाइफको बीमा क्षेत्रको अग्रणी हैसियत अझै सुदृढ बनाएको देखिन्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया