Nepal Life

खानी खोला हाइड्रोपावरको १०० प्रतिशत हकप्रद शेयर निष्काशन सुरु

NMB Bank
  • BFIS News
  • 2025 Aug 19 11:07
खानी खोला हाइड्रोपावरको १०० प्रतिशत हकप्रद शेयर निष्काशन सुरु
National Life

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड (KKHC) ले आज (भदौ ३ गते) देखि शतप्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर १ कित्ता अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो।

Shikhar
NIMB

यसअनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्काशन गर्दैछ, जसको कुल मूल्य ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ हुनेछ।

यस प्रयोजनका लागि कम्पनीले असार २७ गते बुकक्लोज गरेको थियो। असार २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले भदौ २३ गतेसम्म हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

हकप्रद निष्काशनका लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी सिंगल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पुरा गर्ने क्षमतामा उच्च जोखिम रहेको देखाउँछ।

यस हकप्रद निष्काशनको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेशनलका विभिन्न शाखा, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ सफ्टवेयरमार्फत अनलाइन आवेदन दिन पनि सकिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी ४६ करोड ५७ लाख १४ हजार

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया