NIMB Header 2
Nepal Life

मुख्तिनाथ क्यापिटलद्वारा विभिन्न कम्पनीका संस्थापक समूहका शेयर बिक्री गर्दै

Citizen Life
  • BFIS News
  • 2025 Aug 20 11:52
मुख्तिनाथ क्यापिटलद्वारा विभिन्न कम्पनीका संस्थापक समूहका शेयर बिक्री गर्दै
National Life

काठमाडौं। मुख्तिनाथ क्यापिटल लिमिटेडले विभिन्न लघुवित्त वित्तीय संस्था र वाणिज्य बैंकका संस्थापक समूहका जम्मा ४,००,४४० कित्ता शेयरहरू शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्रीका लागि आह्वान गरेको छ।

NIMB

बिक्रीमा राखिएका शेयरहरूमध्ये, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका १,७२,३७२ कित्ता शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रु. ३०० तोकिएको छ भने न्यूनतम आवेदन ५,००० कित्ता मागिएको छ। त्यसैगरी, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका ८४,०६५ कित्ता शेयर प्रतिकित्ता रु. ३७५ को न्यूनतम मूल्यमा उपलब्ध छन् र न्यूनतम आवेदन संख्या ५,००० कित्ता तोकिएको छ।

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका ७,९६८ कित्ता शेयर प्रतिकित्ता रु. ३३० को दरमा तथा न्यूनतम आवेदन १,००० कित्ता माग गरिएको छ भने नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका १,३१५ कित्ता शेयर प्रतिकित्ता रु. १०० को न्यूनतम मूल्यमा बिक्रीमा राखिएको छ, जसमा सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ।

इच्छुक तथा योग्य व्यक्ति, कम्पनी वा संघ–संस्थाले तोकिएका शर्तअनुसार शिलबन्दी फाराम रु. १०० तिरेर मुख्तिनाथ क्यापिटल लिमिटेडको कार्यालय, नारायणचौर, नक्साल, काठमाडौंबाट प्राप्त गरी मिति २०८२ साल भाद्र २४ गते अपरान्ह ३:०० बजेभित्र बुझाउनुपर्नेछ। प्राप्त सबै बोलपत्रहरू मिति २०८२ साल भाद्र २५ गते बिहान ११:०० बजे कार्यालयमा खोलिनेछ।

यस शिलबन्दी बोलपत्र प्रक्रियामा साविकका संस्थापक शेयरधनीहरूलाई पहिलो प्राथमिकता दिइनेछ भने बाँकी रहेका शेयरहरू उच्चतम दरकदर गर्ने योग्य बोलपत्रदाताहरुलाई बिक्री गरिनेछ। सम्पूर्ण प्रक्रिया नेपाल राष्ट्र बैंकको प्रचलित नियमावलीअनुसार संचालन गरिनेछ।

थप जानकारीका लागि इच्छुक पक्षहरूले मुख्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा वा [email protected] मा सम्पर्क गर्न वा वेबसाइट www.muktinathcapital.com अवलोकन गर्न सक्नेछन्।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया