Nepal Life

माछापुच्छ्रे बैंकमा "ट्रेनि जुनियर असिस्टेन्ट" पदमा दरखास्त आह्वान, सातै प्रदेशमा ७० जना माग

NMB Bank
  • BFIS News
  • 2025 Aug 21 14:13
माछापुच्छ्रे बैंकमा "ट्रेनि जुनियर असिस्टेन्ट" पदमा दरखास्त आह्वान, सातै प्रदेशमा ७० जना माग
National Life

काठमाडौं, भदौ ५, २०८२ – नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक, माछापुच्छ्रे बैंक लिमिटेडले राष्ट्रव्यापी रूपमा ठूलो संख्यामा रोजगारीको अवसर सार्वजनिक गरेको छ। बैंकले आफ्ना शाखाहरूमा आवश्यक "ट्रेनि जुनियर असिस्टेन्ट" पदका लागि कुल ७० जना कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको हो। सातैवटा प्रदेशमा कार्यस्थल तोकिएको यस अवसरमा स्थानीयस्तरका योग्य, उत्साही र नतिजामुखी नेपाली नागरिकलाई प्राथमिकतासाथ आवेदन दिन बैंकले आग्रह गरेको छ।

Shikhar
NIMB

पदको लागि स्नातक तह उत्तीर्ण गरेका उम्मेदवारहरू योग्य मानिनेछन्, जसमा व्यवस्थापन, व्यवसाय अध्ययन वा प्रशासन सम्बन्धी विषयमा कम्तीमा ५०% अंक वा CGPA 2.5 हुनुपर्छ। कम्प्युटरमा दक्षता तथा नेपाली र अंग्रेजी दुवै भाषामा संवाद गर्ने क्षमता आवश्यक छ। उमेर हद ३० वर्ष तोकिएको छ भने दुई पांग्रे सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) भएका उम्मेदवारलाई थप प्राथमिकता दिइनेछ। आवेदन दिने उम्मेदवारले आफूले रोजेको प्रदेशमा सेवा गर्न तयार हुनुपर्नेछ, यद्यपि बैंकको आवश्यकता अनुसार देशभर कार्यरत शाखाहरूमा खटाउनेछ।

अत्यधिक आवेदन परेमा बैंकले आवश्यक परे न्यूनतम योग्यता मापदण्ड संशोधन गर्ने अधिकार राख्दछ र सर्ट लिष्टमा परेका उम्मेदवारहरूलाई मात्रै अन्तर्वार्तामा बोलाउनेछ। कुनै पनि प्रकारको सिफारिस वा व्यक्तिगत सम्पर्कले उम्मेदवार स्वतः अयोग्य ठहरिने बैंकले स्पष्ट पारेको छ। साथै, बैंकले वेबसाइट बाहेक अन्य माध्यमबाट आएको आवेदन अस्वीकृत गर्ने र कुनै पनि वा सबै आवेदन बिना कुनै कारण अस्वीकार गर्न सक्ने अधिकार सुरक्षित राखेको छ।

दरखास्त दिने अन्तिम मिति भदौ १८, २०८२ (सेप्टेम्बर ३, २०२५) साँझ ५:०० बजेभित्र रहेको छ। इच्छुक उम्मेदवारले career.machbank.com मा गई अनलाइन आवेदन फारम भरि दरखास्त दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया