Nepal Life

कैलाली हस्पिटलमा एनआईसी एशिया बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट

NMB Bank
  • BFIS News
  • 2025 Aug 22 12:19
कैलाली हस्पिटलमा एनआईसी एशिया बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट
National Life

काठमाडौं।  एनआईसी एशिया बैंकका ग्राहकले अब कैलाली हस्पिटल प्रा.लि. मा स्वास्थ्य उपचार गर्दा विशेष छुट पाउने भएका छन्।

Shikhar
NIMB

यस सम्बन्धी सम्झौता कैलाली हस्पिटल र एनआईसी एशिया बैंकबीच भएको हो। सम्झौता अनुसार, बैंकका ग्राहकले धनगढीस्थित कैलाली हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा २० प्रतिशतसम्म छुट प्राप्त गर्ने व्यवस्था गरिएको छ।

ग्राहकले कन्सल्ट्यान्ट तथा इमरजेन्सी ओपीडी, जनरल बेड, क्याबिन, आईसीयू, एनआईसीयू, पोस्ट अपरेटिभ रुम, जनरल सर्जरी, अर्थोपेडिक, गाइनेकोलोजी, ल्यापरोस्कोपी सर्जरी, प्याथोलोजी टेस्ट, भिडिओ एक्सरे, एक्सरे, ईसीजी, इको, एन्डोस्कोपी तथा औषधि सेवामा छुट पाउनेछन्।

यस सुविधा लिन ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया