NIMB Header 2
Nepal Life

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँड सम्पन्न, चुक्ता पूँजी ४ अर्ब ८२ करोड ७७ लाख पुग्ने

Muktinath Bank
  • BFIS News
  • 2025 Aug 25 10:25
एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँड सम्पन्न, चुक्ता पूँजी ४ अर्ब ८२ करोड ७७ लाख पुग्ने
Everest Bank

काठमाडौं, भदौ ९ गते। एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गरेको हकप्रद साधारण शेयरको बाँडफाँड सम्पन्न भएको छ। कम्पनीले हाल कायम रहेका शेयरधनीहरूलाई प्रति १ कित्ता शेयरमा ०.४२ कित्ताका दरले (१:०.४२ अनुपातमा) रू. १०० अंकित मूल्यमा कुल १,४२,७९,३१२.४८ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो।

Shikhar
NIMB

कम्पनीले २०८२ साल जेठ १६ गते बुकक्लोज गरी त्यसअघिसम्म कायम रहेका शेयरधनीहरूलाई असार २५ गतेदेखि हकप्रद शेयरमा आवेदन दिन आह्वान गरेको थियो। आवेदन दिने अन्तिम म्याद साउन १३ गतेसम्म कायम गरिएको थियो। सो अवधिभित्र रितपूर्वक आवेदन दिएका २७,६२२ जना शेयरधनीहरूलाई कुल १,३९,२०,८०० कित्ता हकप्रद शेयर कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार भदौ ८ गते बाँडफाँड गरिएको हो।

यसबाहेक, आफ्नो हकभन्दा बढी माग गरी आवेदन दिने शेयरधनीहरूलाई बाँडफाँडमा नपरेको हकप्रद शेयरवापतको रकम कम्पनीले भदौ ११ गते बुधबारदेखि सम्बन्धित आवेदकहरूको बैंक खातामा रकमान्तर गर्ने व्यवस्था मिलाएको छ। कम्पनीले सबै आवेदकहरूलाई आफ्नो खातामा रकम जम्मा भए/नभएको यकिन गर्न अनुरोध गरेको छ।

यसअघि कम्पनीले हालको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँमा आधारित भएर ४२ प्रतिशत अर्थात् १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ।

तर पनि, नियामक निकाय नेपाल बीमा प्राधिकरणले तोकेको जीवन बीमा कम्पनीहरूको लागि आवश्यक न्यूनतम ५ अर्ब रुपैयाँ चुक्ता पूँजीको सीमा कम्पनीले अझै पुरा गर्न बाँकी नै रहेको छ। यसै उद्देश्यले कम्पनीले हकप्रद निष्काशनको माध्यमबाट पूँजी वृद्धिको प्रयास गरेको हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया