NIMB Header 2
Nepal Life

बैंकका कर्मचारीको हातमा ११ अर्ब ७५ करोड रुपैयाँको बोनस, लेखापरीक्षणमा जुटे बैंकहरु, शेयरधनीलाई कति ?

National Life
  • BFIS News
  • 2025 Aug 26 18:52
बैंकका कर्मचारीको हातमा ११ अर्ब ७५ करोड रुपैयाँको बोनस, लेखापरीक्षणमा जुटे बैंकहरु, शेयरधनीलाई कति ?
Sanima Reliance

काठमाडौं। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस वर्ष बैंक वित्तीय संस्थाका कर्मचारीले ११ अर्ब ७५ करोड रुपैयाँ बोनस पाउने भएका छन्। यस मध्ये केहि रकम कर्मचारीले प्राप्त गरिसकेका छन् भने बाँकी रकम लेखापरीक्षण पश्चात मात्रै प्राप्त गर्ने छन्। बैंकहरुले गएको वर्ष कर्मचारीका लागि ६८ अर्ब ११ करोड रुपैयाँ खर्चिएका छन्।

Shikhar
NIMB

गत आर्थिक वर्ष २०८१/८२ मा बाणिज्य बैंक, विकास बैंक र फाइनान्सले ७८ अर्ब ६७ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन्। यसबाट पनि शेयरधनीलाई वितरण गर्न मिल्ने लाभांशको हिस्सा भने निकै कम छ। राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरुलाई वितरणयोग्य मुनाफाबाट मात्रै लाभांश वितरण गर्न दिने गरेको हुँदा मुनाफा हेरेर मात्रै हुँदैन। त्यसमा पनि वास्तविक तथ्याङ्क लेखापरीक्षण पछि मात्रै आउनेछ।

गभर्नर डा. विश्वनाथ पौडेलले केहि दिन अगाडी सबै प्रमुख कार्यकारी अधिकृतलाई एकै ठाउँमा बोलाएर छिटो भन्दा छिटो लेखापरीक्षण गर्न निर्देशन दिइसकेका छन्। उनले सक्दो छिटो लेखापरीक्षण गरेर शेयरधनीले पाउने लाभांश हात हातमा पुर्याउन अनुरोध गरेका छन्। गभर्नर सकेसम्म शेयरधनीलाई नगद लाभांश दिन समेत भनेका छन्। अहिले नगद लाभांश वितरण गर्दा ओभर क्यापिटलाइज कम हुन्छ भने ठुला शेयरधनीको हातमा नगद प्रवाह पनि हुन्छ। 

शेयरधनीले पाउने लाभांश

शेयरधनीले सबै तिर वितरण गरिसके पछि अन्तिममा मात्रै लाभांश पाउछन्। यसमा कर्मचारीको सबैभन्दा ठुलो योगदान रहने भएकाले नियमत तलब सुविधाका अतिरिक्त बोनस रकम मार्फत प्रोत्साहित गरिन्छ। यस पछि राज्यलाई बुझाउनु पर्ने कर तिरिन्छ। नेपाल राष्ट्र बैंकका निर्देशन नीती नियममा आधारित भएर प्रोभिजनिङका सूचकहरुलाई पनि पछ्याउनु पर्छ। यि सबै काम गरिसके पछि मात्रै शेयरधनीले लाभांश पाउछन्। यसकारण कयौ वर्ष शेयरधनीको हात खालि हुने गर्छ।

बाणिज्य बैंकको नाफा तथा वितरणयोग्य मुनाफा

बाणिज्य बैंकहरु मध्ये यस पटक एभरेष्ट बैंकका शेयरधनी सबैभन्दा धेरै मालामाल हुदैछन्। यस पछि सानिमा बैंक त्यस पछि स्ट्याण्डर्ड टार्टर्ड बैंकका शेयरधनीले धेरै लाभांश पाउने छन्। 

विकास बैंकको मुनाफा तथा वितरणयोग्य मुनाफा

फाइनान्सको नाफा तथा वितरणयोग्य मुनाफा

लघुवित्त वित्तीय संस्थाको मुनाफा र वितरणयोग्य मुनाफा  

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया