NIMB Header 2
Nepal Life

हिमस्टार उर्जा कम्पनीको शेयर नेप्सेमा सूचीकृत

National Life
  • BFIS News
  • 2025 Aug 28 13:53
हिमस्टार उर्जा कम्पनीको शेयर नेप्सेमा सूचीकृत
Sanima Reliance

काठमाडौं, भदौ १२। हिमस्टार उर्जा कम्पनी लिमिटेड (HIMSTAR) को शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

Shikhar
NIMB

नेप्सेले बिहीबार कम्पनीका कुल ३७ लाख ३० हजार कित्ता शेयर सूचीकृत गरेको हो। यसमध्ये ११ लाख १९ हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको र २६ लाख ११ हजार कित्ता संस्थापक शेयर रहेको कम्पनीले जनाएको छ।

कम्पनीको शेयर आगामी भदौ १५ गते (आइतबार) देखि नेप्सेमा कारोबार हुने छ। पहिलो दिनको कारोबारका लागि नेप्सेले प्रति शेयर ९९ रुपैयाँ १७ पैसा देखि २९७ रुपैयाँ ५१ पैसासम्मको ओपनिङ रेञ्ज तोकेको छ।

यस आधारमा आइतबारको स्पेशल प्रि–ओपन सेसन मा भएको कारोबारपछि नियमित बजार कारोबार सुरु हुनेछ। नेप्सेले कम्पनीलाई “HIMSTAR” टिकर प्रदान गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया