Nepal Life

टिम भेञ्चर्सले डाक्यो दोस्रो वार्षिक साधारण सभा, आइपिओ निष्काशन गर्ने विशेष प्रस्ताव

NMB Bank
  • BFIS News
  • 2025 Aug 29 11:55
टिम भेञ्चर्सले डाक्यो दोस्रो वार्षिक साधारण सभा, आइपिओ निष्काशन गर्ने विशेष प्रस्ताव
National Life

काठमाडौं, भदौ १३। टिम भेञ्चर्स लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारण सभा आगामी २०८२ साल आश्विन ३ गते, शुक्रवार (सेप्टेम्बर १९, २०२५) मा आयोजना गर्ने भएको छ। कम्पनी सञ्चालक समितिको भदौ १ गते बसेको बैठकको निर्णयअनुसार, सभा काठमाडौंको लाजिम्पाटस्थित दूसिट प्रिन्सेस होटलमा दिउँसो ३:०० बजे सुरु हुनेछ।

Shikhar
NIMB

सभामा आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण लगायतका महत्त्वपूर्ण दस्तावेजहरूमाथि छलफल गरिनेछ। त्यसैगरी, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने विषय पनि एजेन्डामा समावेश गरिएको छ।

यसका साथै, सञ्चालक समितिबाट नियुक्त भएका सञ्चालकहरूको अनुमोदन सम्बन्धी प्रस्ताव सभामा प्रस्तुत गरिनेछ। विशेष प्रस्तावहरू अन्तर्गत, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन, नियमनकारी निकायको निर्देशन अनुसार संशोधन गर्न सञ्चालक वा तोकिएको पदाधिकारीलाई अख्तियारी दिने, कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) गर्ने, तथा कम्पनी गाभ्ने सम्बन्धी प्रस्तावहरूमाथि पनि छलफल हुनेछ। साथै, कम्पनीको पूँजी वृद्धि गर्ने र सो अनुसार प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव समेत सभामा पेस गरिनेछ।

सञ्चालक समितिको निर्णयअनुसार, शेयरधनीहरूलाई वार्षिक प्रतिवेदन विद्युतीय माध्यमबाट उनीहरूको दर्ता गरिएको इमेल ठेगानामा पठाउने व्यवस्था मिलाइएको छ। कुनै कारणवश प्रतिवेदन प्राप्त नभएमा, कम्पनीको रजिष्टर्ड कार्यालय – शक्तिविनायक मार्ग, गैरिगाउँ, काठमाडौंबाट प्राप्त गर्न सकिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया