जीवन बीमा पोलिसीको सरेण्डर किन हुन्छ ? सय भन्दा धेरैको प्रतिक्रिया सहित यस्ता छन् कारण
- BFIS News
- 2023 Sep Sat 08:37
काठमाडौं । नेपाली बीमा बजारमा पोलिसी सरेण्डर (समर्पण/त्याग) गर्ने व्यापक रुपमा बढ्दै गएको छ । गत आर्थिक वर्षमा मात्रै १४ अर्ब २७ करोड रुपैयाँ बराबरको एक लाख ४ हजार वटा पोलिसी सरेण्डर भएको नियामक निकाय नेपाल बीमा प्राधिकरणले जनाएको छ । चालु आर्थिक वर्षको साउन एक महिनामै पनि एक अर्ब २८ करोड रुपैयाँ बरारबको ९ हजार ७९८ वटा पोलिसी सरेण्डर भइसकेको छ ।
यो क्रम अहिले आएर बढेको होइन । विगत तीन चार वर्षदेखि व्यापक रुपमा बृद्धि हुँदै आइरहेको छ । सरेण्डर नेपाल बीमा प्राधिकरणदेखि लिएर सम्पुर्ण जीवन बीमा कम्पनीहरुको टाउको दुखाइको विषय बनेको छ । कम्पनीहरुले सरेण्डर रोक्न सक्दो प्रयास गरे पनि नियन्त्रण गर्न सकिरहेका छैनन् । नेपाल बीमा प्राधिकरणले कम्पनीहरुलाई सबैभन्दा पहिला ल्याप्सेस रेसियो नियन्त्रण गर्न कम्पनीहरुलाई निर्देशन दिदै आइरहेको छ । ल्याप्सेस नियन्त्रणका लागि चालिएका कदमहरुको समेत रिपोर्ट बुझाउनु पर्ने व्यवस्था गरिएको छ । सरेण्डरलाई नियन्त्रण गर्न प्राधिकरणले बीमा पोलिसी खरिद गरेको तीन वर्षसम्म पनि सरेण्डर गर्न नपाउने व्यवस्था गरिदिएको छ । तै पनि पोलिसी सरेण्डर हुने क्रम रोकिएको छैन ।
विश्लेषकहरुका अनुसार अहिलेसम्म पुराना बीमा कम्पनीहरुले मात्रै सरेण्डरको सामना गर्नु परिरहेको छ अवको केहि वर्षमा नयाँ जीवन बीमा कम्पनीहरुमा झन् बढि सरेण्डर हुँदैछ । जीवन बीमा कम्पनीका लागि सरेण्डर सबैभन्दा घातक सूचक हो ।
बीमा क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका बिक्री कलाका लेखक कमल बहादुर पाण्डेले आफ्नो फेसबुक मार्फत ‘जीवन बीमा पोलिसी धेरै सरेण्डर किन हुन्छ ?’ भन्दै गरेको प्रश्नमा एक सय भन्दा धेरैले दिएको प्रतिक्रियालाई यसमा समेटेको छ ।
अधिकाम्सले सरेण्डर हुनुको प्रमुख कारणहरुमा अहिलेको आर्थिक संकट, जीवन बीमा कम्पनीका अधिकर्ता तथा कर्मचारीको झुठ्ठा जानकारी, मिस सेलिङ, फाइनान्सियल अण्डराइटिङ नहुनु, कम्पनी प्रतिको विश्वसनियतालाई उल्लेख गरेका छन् ।
अर्जुन गौतमले आफ्नो प्रतिक्रिया दिने क्रममा ‘झुठो प्रलोभन देखाएर कमजोर आयस्रोत भएकालाई ठुलो रकमको बीमा गराउदा’ भनेका छन् । त्यस्तै महेन्द्र पौडेलले सरेण्डर हुनुका धेरै कारण हुन्छ जुसमा अहिलेको परिवेशमा पहिलो कारण आर्थिक संकट नै हो भनेका छन् ।
लक्ष्मण पाण्डेले नेपाल बीमा प्राधिकरण तथा बीमा कम्पनीहरुलाई व्यङ्ग्य गर्दं ‘पोलिसी ल्याउने कर्मचारी र एजेन्सीको खेदो लिएर हटाए पछि यस्तो हो’ भन्ने प्रतिक्रिया दिएका छन् । नेपाल बीमा प्राधिकरणले अभिकर्तालाई दिदै आएको कर्जा लगायतका विभिन्न सेवा सुविधालाई लिएर कडाइ गरेको थियो । विना धितो करोडौ रुपैयाँ कर्जा प्रवाह भएको भन्दै प्राधिकरणले रोक्ने प्रयास गर्दै आएको छ ।
नेपालमान श्रेष्ठका अनुसार बीमा अभिकर्ताहरुले कम्पनीको सहि इतिहास नबताएर अनि बोनसदर प्रष्ट नभनेर झुट्टो बोलेर यस्तो भएको बताएका छन् । रङ्ग सिङ परियारले चार वटा कारण खुलाएका छन् । उनका अनुसार पहिलो कारण गलत फाइनान्सियल अण्डराइटङ हो भने दोस्रो कारण आर्थिक संकट, तेस्रो बीमा प्रति सर्वसाधारणको विश्वसनियता कम हुँदै जानु र अन्तिम कारण अस्वस्थ प्रतिस्पर्धाले गर्दा हो ।
दिपेन्द्र कार्कीले रोचक रुपमा भनेका छन्, ‘ह्या! हत्तेरी! तपाईं त फस्नु भयो । त्यो त बेकाम को कम्पनी हो, अनि त्यो पोलिसी पनि बेकाम को छ, खाली बेकार मा फस्नु भयो ! त्यो भन्दा सस्तो र राम्रो पोलिसी हामी सँग छ, पहिलै भन्नु भएको भए त्यसरी फस्नु हुन्थ्यो !’ यस्तै कुरा गरेर सोझा साझा बीमितलाई पोलिसी सरेण्डर गर्न लगाएर कमिशनका लागि आफ्नो कम्पनी मार्फत बीमा गराउने कतिपय गलत अभ्यासले पनि पोलिसी सरेण्डर हुँदै आएको छ । उनको यस्तो तथ्यलाई सपोर्ट गर्दै प्रमानन्द शाह लगायत धेरैले अभिकर्तालाई दोषारोपण गरेका छन् ।
कृष्ण जीले आफ्नो प्रतिक्रिया दिदै भनेका छन् ‘बीमा मात्रै बेचेकाले’ सरेण्डर बढेको हो । उनले छोटकरीमा प्रतिक्रिया दिए पनि उनले भन्न खोजेको के हो भने, बीमा कम्पनीहरुले बीमा पोलिसी मात्रै बिक्री गर्न खोजेका हुन्छन् तर उनिहरुले बीमाको महत्व, फाइदा, बेफाइदा, दुख र सुखको साथि हो भनेर बेच्न सकेका हुँदैनन् ।
यसमा घनस्यामको फरक तर्क छ । उनका अनुसार कमिशन बीमा अवधिभर नहुने, अभिकर्ताहरुलाई विषयवस्तुमा पुर्ण ज्ञान नहुनु हो । नेपाल बाहेक अन्य देशमा बीमा अभिकर्ताको कमिशन पाउने अवधिलाई लामो समय राखिएको हुन्छ । जसले गर्दा अभिकर्तालाई यस क्षेत्रमा पुर्ण कालिन रुपमा काम गर्ने हौसला प्रदान गर्छ । तर नेपालमा दुई वर्षसम्म राम्रो कमिशन आउछ त्यस पछि खासै धेरै नआउने भएकाले तेस्रो चौथो वर्षदेखि अभिकर्ताले नै नविकरण बीमा शुल्कका लागि खासै चासो दिदैनन् । बीमा प्राधिकरणले बीमा नियमावलीको मस्यौदामा कमिशन दर तथा अवधि नै घटाउन खोजेको थियो । तर अभिकर्ताको चर्को विरोध पछि उक्त बुँदाहरु हटाउन सहमति जनाएको छ ।
इनोसेन्ट क्रान्तीले अभिकर्ताकव झुटो आश्वासन, अभिकर्ताको टार्गेट, हालको देशको अवस्था, अस्वस्थ प्रतिस्पर्धा भएको जनाएका छन् । हितराज जोशीले पनि अभिकर्ताहरुलाई ठुलो आरोप लगाएका छन् । उनले लेखेका छन्,किनभनें एजेन्टहरु ग्राहक मुखि भन्दा पनि स्वार्थी र झुटको खेती गर्ने ठगहरु भएको कारण ले गर्दा।
प्रेम राजका अनुसार,राज्यको चासो नहुनु, बेरोजगारी, आर्थिक मन्दी, कोरोना उद्योग धन्दा बन्द हुँदा सरेण्डर बढेको हो । दिलिप जैसवालले भने दाबी भुक्तानीमा ढिलाइ हुँदा सरेण्डर भएको उल्लेख गरेका छन् । तर जीवन बीमा कम्पनीहरुले निर्जीवन बीमाको जस्तो दाबी भुक्तानीमा त्यस्तै धेरै समय लगाउने गरेका छैनन् । तै पनि कम्पनीहरुले कतिपय अवस्थामा ढिलाइ गर्दा बीमितलाई पोलिसी प्रति नै निरुत्साहित गरेको हुन सक्छ ।
सन्दिप बरालका अनुसार बीमाको अर्थ नबुझी बीमा गर्नु गराउनुले पनि सरेण्डर बढेको हो । उनको यहि भनाइलाई जय राम रिमालले अझ प्रष्ट्याएका छन्, ‘यसमा धेरै कुरा जोडिएको छ । बीमाको महत्व नबुझ्नु प्रमुख कारण हो । सही बीमा अभिकर्ता संग बीमा नहुनु , बीमितको गलत बुझाई, बीमालाई व्यापार सँग तुलना गर्नु, विज्ञ अभिकर्ताको नहुनु आदी‘
अस्मिता गौतमका अनुसार बीमितले तिर्न नसकेर हो । श्याम महतोले अभिकर्ता, शाखा प्रमुख र कम्पनीको टार्गेटका कारण भएको बताउछन् । दिलिप जैसवालले बीमा कम्पनीहरुला प्रश्न गर्दै भनेका छन् ‘बीमा क्षेत्रका सबै सँग एउटा जिज्ञासा र सल्लाह, आम्दानीको स्रोतको छानविन बीमा गर्ने वेलामा गर्ने कि दाबी भुक्तानी गर्ने वेलामा ।’ उनले भने जस्तै बीमा कम्पनीहरुले जव दाबी पर्छ अनि मात्रै आवस्यक कागजपत्र माग गर्छन् । जवकी त्यो कागजपत्र पहिला नै भएको भए बीमा नै हुँदैन थियो तर अहिले आएर दाबी हुँदैन भन्नु पक्कै पनि जायज हुँदैन ।
प्रकाशलेम गुरुङका अनुसार काउन्सिलिङको अभाव, पैसाको व्यवस्थापन र बजार हल्लाका कारण धेरै सरेण्डर भइरहेको छ । देवीराम लम्सालका अनुसार अधिकाम्स बीमालेख करार पत्रमा हुँदै नभएका कुरा गरेर बीमालेख बिक्रि गर्दा सरेण्डर हुनेगरेको छ । अभिकर्ता तथा कम्पनीका कर्मचारीले बीमितलाई के भन्दा कन्भीन्स गर्न सकिन्छ त्यहि भनेर बीमा पोलिसी बिक्री गर्ने गरेका छन् । जव बीमितलाई वास्तविकता थाहा हुन्छ अनि उसले सरेण्डरको बाटो रोज्ने गर्छ । तर सरेण्डर गर्दा स्वयं बीमितलाई नै धेरै घाटा हुन्छ ।
अनुप सापकोटाले कम्पनीहरुलाई नराम्रो शब्द प्रयोग गर्दै एक सय प्रतिशत रकम जम्मा गरेर ८३ प्रतिशत रकम फिर्ता पाउने ठाउँमा कसले बीमा गर्छ भनेका छन् । मनि व्याक लगायत कतिपय पोलिसी र छिट्टै सरेण्डर गर्दा उनले भनेको कुरा सहि हुन आउछ । तर बीमा पोलिसी परिपक्व भएको अवस्थामा उनले भनेको जस्तो छैन । यानु न्यौपानेले बीमा गर्नु अगाडी राम्रो सँग नबुझी बीमा गर्दा पोलिसी नै बन्द गर्नु परेको बताउछन् । टिका नारायण श्रेष्ठले इमान्दारिताको अभावलाई कारण मानेका छन् ।
धेरै जसोले बीमा प्रतिको जनचेतनाको कमि हुँदा पनि सरेण्डर बढिरेको छ । बीमा पोलिसी सरेण्डर गर्दा के कस्तो नोक्सान हुन्छ किन गर्ने भन्ने कुराहरु नबुझेर पनि बढेको हो । चन्द्र प्रदिप भट्टराइका अनुसार बीमा अभिकर्ता र कम्पनीले बीमा पोलिसी बिक्री पछि राम्रो सेवा नदिएर पनि सरेण्डर हुने गरेको छ । प्रेम राजका अनुसार अभिकर्ता तथा कर्मचारीहरुले कम्पनीले ल्याएका विभिन्न खालका स्किम प्राप्त गर्ने अभिलासाले मात्रै बीमा गर्दा सरेण्डर बढेको हो । विष्णु पाण्डेका अनुसार बीमा पोलिसी परिपक्व भए पछि राम्रो रकम नपाउदा पनि अन्य बीमितले पोलिसी सरेण्डर गर्छन् ।
प्रविन खतिवडाका अनुसार अभिकर्ताले कमिशनको लोभमा जसरी पनि बीमा गर्न बाध्य बनाउनु पनि एउटा कारण हो । उनले थपे ‘भरसक ठुलो भोलुमको गराउने अनि पछि बीमितले पैसाको जोहो गर्न सक्दैनन् ।’
बिक्रम श्रेष्ठको पनि यहि भनाइ छ । उपभोक्ताको क्रय शक्तिको सहि पहिचान नहुनु र बीमा योजनाको बुझाईको कमी सँगसँगै एजेन्टले आफन्त र साथी भाई भनेर जबरजस्ती लिन लाउने (force sell trend ) भएकाले र हाल ब्यापार ब्यवसायमा मन्दी चलिरहेकाले बीमाको समर्पण दर बढेको देखिन्छ । शोभित थपलियाका अनुसार बीमितलाई आवश्यक नभएर पनि सरेण्डर भइरहेको छ ।
रत्न कुमार डाँगीका अनुसार, अबिस्वास्, बढी प्रिमियमको पोलिसी । अरु कम्पनी या सोही कम्पनीको अभिकर्ताले अर्को पोलिसी र नाफा देखाईनु । शाखालाई बढी तार्गेत दिदा नयाँ पोलिसी गराउदा राम्रो पुरानो लाई रोक्ने पहलको कमी । धेरै अभिकर्ता धेरै उत्पादन हुँदा आफैं अभिकर्ता बनी आफैं बिमा गर्नु भनी अपलाईन अभिकर्ताले सल्लाह दिने र पुरानो पोलिसी बन्द गर्नु। पुरानो अभिकर्ताले निगारानी नगर्नुले ।नयाँ कर्मचारी बिमा पोलिसी छिटोछिटो लेउ भनी नयाँ अभिकर्ता लाई भनी पुरानो बिमित भडकाईनु।आर्थिक मन्दी र बेरोजगारी आदिले सरेण्डर बढिरहेको छ ।
प्रभा ज्ञवालीका अनुसार, मानिसमा बचतको दिर्घकालीन सोच नहुनु सामान्य भाषामा भन्दा मलाई आज जस्तै अफ्ठेरो भोली नी पर्छ भन्ने नसोच्नु प्रमुख कारण हो ।
प्रतिक्रियाहरु जस्ताको त्यस्तै
प्रतिक्रिया