NIMB Header 2
Nepal Life

२ दिनको गिरावटपछि नेप्सेमा सुधार, कारोबार रकम भने घट्यो

National Life
  • BFIS News
  • 2025 Sep 01 16:32
२ दिनको गिरावटपछि नेप्सेमा सुधार, कारोबार रकम भने घट्यो
Sanima Reliance

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक वृद्धि हुँदै बन्द भएको छ। लगातार दुई दिनको गिरावटपछि नेप्से यस दिन सुधार भएको हो।

Shikhar
NIMB

 

सोमबार नेप्से परिसूचक १२.०३ अंकले बढेर २,७६२.७४ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.७४ अंक, फ्लोट इण्डेक्स १.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४८ अंकले वृद्धि भएका छन्।

सूचक बढेपनि कारोबार रकम भने घटेको छ। अघिल्लो दिन आइतबार ६ अर्ब रुपैयाँभन्दा बढीको शेयर किनबेच भएपनि सोमबार ३२६ स्टकको ६८ हजार ७७५ पटकको कारोबारमार्फत १ करोड १४ लाख ४० हजार कित्ता शेयर मात्रै किनबेच भएको छ, जसको कुल मूल्य ५ अर्ब १० करोड ५७ लाख रुपैयाँ बराबरको छ।

यस दिन हिम स्टार उर्जा कम्पनीको शेयर मूल्य सर्वाधिक ६.०७ प्रतिशतले बढेको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य ४ प्रतिशतले बढेको छ। अन्य कम्पनीहरुको शेयर मूल्यमा ४ प्रतिशतभन्दा कम मात्र वृद्धि भएको छ। विपरीत, सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ७.६८ प्रतिशतले घटेको छ भने विकास हाइड्रोपावरको शेयर करिब ५ प्रतिशतले ओरालो लागेको छ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ। सो कम्पनीको २८ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, एभरेष्ट बैंकको करिब २४ करोड ५० लाख रुपैयाँ र हिमालयन डिष्टिलरीको करिब २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

१३ उपसमूहमध्ये सोमबार ११ उपसमूह हरित क्षेत्रमा बन्द भए भने २ उपसमूहमा गिरावट आएको छ। बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक १.६२ प्रतिशतले बढेको छ। यता, व्यापार उपसमूहको परिसूचक १.१५ प्रतिशतले घट्दै सबैभन्दा बढी गिरावटमा परेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया