NIMB Header 2
Prabhu Mahalaxmi

एचएलआई लार्ज क्याप फण्डको आवेदन अवधि भदौ २९ सम्म लम्बियो

United Ajod
  • BFIS News
  • 2025 Sep 03 09:12
एचएलआई लार्ज क्याप फण्डको आवेदन अवधि भदौ २९ सम्म लम्बियो
IME LIFE

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड ले सञ्चालनमा ल्याएको पहिलो बन्दमुखि योजना एचएलआई लार्ज क्याप फण्ड को इकाई खरिदका लागि आवेदन दिने अवधि लम्बिएको छ।

Nepal Life
NIMB

यसअघि भदौ १५ गतेदेखि सार्वजनिक निष्काशनमा आएको फण्डमा अब भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ। तर, पर्याप्त आवेदन प्राप्त भएमा यसअघि नै निष्काशन बन्द गर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ।

यो योजनाअन्तर्गत प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ४ अर्ब रुपैयाँबराबरको ४० करोड इकाई निष्काशन गरिएको हो। जसमध्ये ५० प्रतिशत अर्थात २० करोड इकाई (२ अर्ब रुपैयाँ बराबर) कोष प्रवर्द्धक हिमालयन लाइफ इन्स्योरेन्सका लागि सुरक्षित गरिएको छ भने बाँकी २० करोड इकाई सर्वसाधारणका लागि खुला गरिएको छ।

निवेशकले न्यूनतम १०० इकाईदेखि अधिकतम ४ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ। १० वर्ष अवधिको यस योजनामा निष्काशन अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात २० करोड इकाईमा आवेदन परेमा बाँडफाँट हुने व्यवस्था छ। तर न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र आवेदनकर्ताको रकम फिर्ता गरिनेछ।

यस योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड नै रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आश्वा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, मेरो शेयर अनलाइनमार्फत पनि सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सकिने व्यवस्था छ।

म्युचुअल फण्ड निष्काशनका लागि गरिएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल ले कोष प्रवर्द्धकलाई ‘आईआरएन ए प्लस इश्यूअर रेटिङ’ र योजना व्यवस्थापकलाई ‘आईआरएन एएमसी क्वालिटी–३’ रेटिङ प्रदान गरेको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया